७ फाल्गुन २०८१, बुधबार
बागमती मुख्‍य समाचार राजनीति विचार समाचार समाज

जातीय विभेदका घटनालाई सरकारले गम्भीर रूपमा लिनुपर्ने

४ फागुन, काठमाडौँ । राष्ट्रियसभाका सांसद मदनकुमारी गरिमा (शाह) ले जातीय भेदभाव तथा छुवाछूतका घटनालाई सरकारले गम्भीर रूपमा लिनुपर्नेमा जोड दिएको छ । राष्ट्रियसभाको आजको बैठकको शून्य समयमा उनले बैतडीको सिगास गाउँपालिका–१ आङडेगाडाका प्रकाश दमाइँकी आमा माना दमाइँको निधन हुँदा जातीय कारणले मलामी नपाएको भन्दै सरकारको ध्यानाकर्षण गराए ।

उनले भने, “सामाजिक न्याय र मानव अधिकार हराउँदै गएको छ, शिक्षक प्रकाश दमाइँकी आमाको शब्दले दमाइँ भएकै कारण मलामी पाएको छैन, यो घटना सभ्य समाजका लागि कलङ्क हो, जातीय विभेदको योभन्दा निकृष्ट उदाहरण अरु हुन सक्दैन ।

सांसद भुवन सुनारले भने, “खरका छाना विस्थापन गर्न छ वर्षमा रु छ अर्ब भन्दाबढी खर्च भइसकेको छ, तर ७७ हजार खरका छाना मात्र भएका छन्, चालु आर्थिक वर्षमा रु ४० करोड विनियोजन भएको सुनिएको छ, यो ४० करोड कार्यान्वयनका सवालमा लापर्बाही भएको छ, यस बारेमा सरकारले बैठकमा प्रष्ट पार्नुपर्छ ।” सरकारले खरका छाना मात्र परिवर्तन गर्नेभन्दा पनि भूकम्पका कारण जीर्ण बनेका पुराना घर भत्किाएर नयाँ घर निर्माण गरिदिनुपर्ने उनको भनाइ छ ।

सांसद युवराज शर्माले देशका विभिन्न अस्पतालमा कर्मचारी अभावका कारण सेवा प्रवाहमा समस्या भइरहेको भन्दै ती अस्पतालमा दरबन्दीको व्यवस्था गर्न सरकारको ध्यानाकर्षण गराए । सांसद सुरेशकुमार आलेमगरले म्याग्दी जिल्लाको धौलागिरि गाउँपालिका–१ मासडक विस्तार नहुँदा त्यहाँका जनताले दुःख पाएको गुनासो गरे ।

प्रतिक्रिया दिनुहोस्