८ फाल्गुन २०८१, बिहीबार
बागमती मुख्‍य समाचार राजनीति विचार समाचार समाज

निर्माण व्यवसायीको पूरानो बक्यौता भुक्तानी हुँदैछ, काम जारी राख्नुहोस

६ फाल्गुन, काठमाडौं । गृहमन्त्री रमेश लेखकले मुलुकमा शान्ति, सुशासन, विकास र समृद्धिका लागि वर्तमान सत्ता समीकरण निर्माण भएको बताएका छन् ।

हेटौंडामा आयोजित दोस्रो निर्माण तथा व्यापार महोत्सवको उद्घाटन गर्दै गृहमन्त्री लेखकले नेपाली कांग्रेस र नेकपा एमाले दुई ठुला दलका गठबन्धनको सरकारले व्यवसायी वातावरण सुनिश्चित गर्नेगरी अघि बढेको बताए ।

सेवा प्रवाहमा रहेका कानुनी जटिलता हटाएर नागरिकको पक्षमा काम गर्न सरकार प्रयत्नरत रहेको उनको भनाइ छ ।

सरकारले व्यवसायिक वातावरण तयार गर्न अध्यादेश ल्याएको र त्यसलाई संसदबाट पारित गरेर कार्यान्वयन गर्नेतर्फ अघि बढीरहेको गृहमन्त्री लेखकले बताए ।

यस्तै, उनले देश विकास निर्माणको क्षेत्रमा निर्माण व्यवसायीको महत्वपूर्ण भुमिका रहेको उनले बताए । अर्थतन्त्र र रोजगार सृजना तथा विकास निर्माणमा ठूलो भुमिका रहेको बताए ।

उनले भने, ‘निर्माण व्यवसायिको बक्यौता रकम समयमा भुक्तानी दिन नसकेको देशभरिबाट गुनासो छ । अहिले पुराना बक्यौताहरु सरकारले भुक्तानी दिन सुरु गरेको छ । तपाईहरु आफ्नो काममा अगाडि बढ्नुस् सरकारले बाँकी बक्यौता भुक्तानी गर्छ त्यसको सुनिश्चितामा म गर्छु ।’

निर्माण व्यवसायमा गुणस्तर र समय भित्रै सम्पन्न गर्ने विषय चुनौतीको विषय बनेको गृहमन्त्री लेखकले बताए । निर्माण व्यवसायीहरुले राज्यको लगानीलाई प्रतिफल योग्य रुपमा अघि बढाउने गरी समयसीमा भित्रै गुणस्तरीय काम गर्नुपर्ने उनको भनाई छ ।

प्रतिक्रिया दिनुहोस्