९ फाल्गुन २०८१, शुक्रबार
प्रदेस समाचार मधेश मुख्‍य समाचार राजनीति समाचार समाज

मुख्यमन्त्री सिंहको नेतृत्वमा वीरगञ्जका अस्पतालहरूको पनि अनुगमन सुरु

जनकपुर । मधेश प्रदेशका मुख्यमन्त्री सतिश कुमार सिंहले जनकपुरधाम पछि वीरगञ्जका अस्पतालहरुको अनुगमन सुरु गरेका छन् ।

बुधबार मुख्यमन्त्री सिंह, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अधिकारी सन्तोष कुमार ठाकुर लगायतका टोलीले वीरगञ्जको भवानी अस्पतालको अनुगमन गर्नुका साथै सेवा, स्वच्छता र व्यवस्थापनको अवस्थाबारे विस्तृत जानकारी लिएका हुन ।

निरीक्षणको क्रममा अस्पतालका फोहोर व्यवस्थापनको प्रणालीमा सुधारका लागि निर्देशन दिइएको थियो ।

अनुगमन टोलीले अब केही दिन निरन्तर रुपमा वीरगञ्जका अन्य अस्पतालहरुको अनुगमन गर्ने जनाइएको छ ।

मुख्यमन्त्री सिंहले स्वास्थ्य सेवाको गुणस्तर र सफाइमा सुधारको आवश्यकता औंल्याउँदै अस्पतालहरूको व्यवस्थापन र कर्मचारीहरूको कार्यसम्पादनमा पनि ध्यान दिनुपर्ने भन्दै यसलाई प्राथमिकतामा राखेको बताएका छन् ।

यस अघि जनकपुरधाममा मुख्यमन्त्री सिंह नेतृत्वको टोलीले निजी अस्पतालहरुको अनुगमन गर्नुका साथै मापदण्ड पूरा नभएको र दर्ता नगराएका अस्पतालहरुलाई बन्दसमेत गरेका थिए । तर जनकपुरधामको मात्र निजी अस्पतालको अनुगमन गरेर मुख्यमन्त्री सिंहले स्टन्टबाजी गर्न खोजी रहेको भन्दै विभिन्न पार्टीको नेता कार्यकर्ताले आवाज उठाउँदै आएका छन् ।

प्रतिक्रिया दिनुहोस्