९ फाल्गुन २०८१, शुक्रबार
बागमती मुख्‍य समाचार विचार समाचार समाज

वैकल्पिक उर्जालाई सेवा मात्र नभइ व्यवसायिक रुपमा काम गर्नपर्छ : मन्त्री खड्का

काठमाडौं । जलस्रोत तथा सिँचाई मन्त्री दिपक खड्काले वैकल्पिक उर्जालाई अब सेवाको रुपमा मात्र नभई व्यवसायिक हिसाबले पनि अगाडि बढाउन आवश्यक रहेको बताएका छन् ।

बिहीबार काठमाडौंमा वैकल्पिक उर्जा प्रवन्द्र्धन केन्द्रद्धारा आयोजित कार्यक्रममा बोल्दै उनले सरकारले समयसापेक्षित रुपमा आफ्ना गतिविधिहरु र सेवाहरु प्रदान गर्दै अगाडि बढ्नुपर्ने पनि बताए ।

उनले भने,‘ हिजो हामीले सेवाको रुपमा लिएको यस वैकल्पिक उर्जालाई अब बिस्तारै व्यवसायिक हिसाबले पनि अगाडि बढाउनु पर्ने आवश्यकता सरकारले,मन्त्रालयले महशुस गरेको छ । अब समय परिवर्तन भएको छ ।

समयसापेक्षित आफ्ना गतिविधिहरु, सेवाहरु प्रदान गर्दै अगाडि बढ्नुपर्ने आवश्यकता छ ।’
त्यस्तै उनले सरकारले आफ्नो नीति रणनीति योजना तथा लक्ष्यहरुमार्फत नविकरणीय उर्जाको विस्तार तथा उर्जा दक्षताको अवलम्बनलाई विशेष प्राथमिकता दिँदै आएको पनि जानकारी गराए ।

उनले भने,‘नेपाल सरकारले आफ्नो नीति रणनीति योजना तथा लक्ष्यहरुमार्फत नविकरणीय उर्जाको विस्तार तथा उर्जा दक्षताको अवलम्बनलाई विशेष प्राथमिकता दिँदै आएको छ । हालै स्वीकृत भएको उर्जा विकास मार्गचित्र तथा कार्ययोजना २०८१ मा नेपाललले अघि सारेका स्वच्छ उर्जा र जलवायु परिवर्तनसम्बन्धि अन्तराष्ट्रिय प्रतिबद्धता र राष्ट्रिय लक्ष्यमा नविकरणीय उर्जा दक्ष र स्वच्छ उर्जा रुपान्तरणलाई उच्च प्राथमिकता दिइएको छ ।’

प्रतिक्रिया दिनुहोस्