९ फाल्गुन २०८१, शुक्रबार
बागमती मुख्‍य समाचार राजनीति समाचार समाज

राप्रपाले प्रदेशस्तरीय आमसभा गर्ने

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले यही फागुन महिनामा प्रदेशस्तरीय आमसभा गर्ने भएको छ ।

पार्टीको केन्द्रीय कार्यसमितिको हालै सम्पन्न बैठकले माघ र फागुन महिनामा देशका विभिन्न शहरमा साना ठूला सभाहरू गर्ने र चैतमा काठमाडौं केन्द्रित आन्दोलन गर्ने निर्णय गरेको थियो ।

सोही अनुसार राप्रपाले यही फागुन ९ गते गण्डकी प्रदेशको पोखरा, फागुन २१ गते जनकपुर, १७ गते बुटवल, १९ गते सुदूरपश्चिमको धनगढीमा आमसभा गर्न लागेको छ ।

यसैगरी फागुन २५ गते काठमाडौं र फागुन २७ गते सुर्खेतमा प्रदेश स्तरीय बृहत आमसभा गर्न लागेको हो ।
राप्रपा हिन्दु राष्ट्र र राजसंस्थाको पुनःस्थापना, प्रदेश संरचनाको खारेजी, प्रत्यक्ष निर्वाचित कार्यकारी प्रधानमन्त्रीको पक्षमा उभिँदै आएको छ ।

प्रतिक्रिया दिनुहोस्