९ फाल्गुन २०८१, शुक्रबार
बागमती मुख्‍य समाचार विचार समाचार समाज

उपप्रधानमन्त्री सिंह र जापानी राजदूत मायदाबीच भेटवार्ता

काठमाडौं । उपप्रधानमन्त्री एवम् शहरी विकास मन्त्री प्रकाशमान सिंह र नेपालका लागि जापानी राजदूत तोरु मायदाबीच शिष्टाचार भेटवार्ता भएको छ ।

शहरी विकास मन्त्रालयमा शुक्रबार भएको भेटमा द्विपक्षीय हित र आपसी सहकार्यका विषयमा कुराकानी भएको छ ।

मन्त्री सिंहसँगको भेटमा नेपाल र जापानबीचको सम्बन्धलाई थप उचाइमा पुर्याउन सहकार्यलाई वृद्धि गर्ने बारेमा छलफल भएको भेटपछि नेपालस्थित जापानी राजदूतावासले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्