एपिएफका खेलाडी प्रदिप लामाको उपचार भरतपुरमा हुँदै

मकवानपुर । मकवानपुरमा जारी सातौं बागमती गोल्डकपको पहिलो सेमिफाइनलतर्फ चर्च ब्वाईज युनाइटेड र एपिएफको खेल चलिरहँदा खेलका क्रममा घाइते भएका एपिएफका प्रदिप लामालाई भरतपुर लगिएको छ ।
शहिद स्मृति रंगशालामा भएको खेलको अन्तिमतिर विपक्षी खेलाडीसँग भिड्दा मैदानमा नै अचेत भई ढल्न पुगेका थिए । उनको प्राथमिक उपचार मैदानमा नै गरिए तापनि थप उपचारका लागि भरतपुर रिफर गरिएको थियो ।
प्रदिपको हाल भरतपुरमा उपचार भईरहेको क्लबले जनाएको छ । शुक्रबारको उक्त खेलमा एपिएफले चर्च ब्वाईजसँग २–३ को हार बेहोरेको थियो ।
प्रतिक्रिया दिनुहोस्