कोशी प्रदेश औषधी व्यवसायी संघमा नवनिर्वाचित धनराज काफ्लेको टिमद्वारा पदभार ग्रहण

बिराटनगर । नेपाल औषधी व्यवसायी संघ, कोशी प्रदेशको माघ २६ र २७ गते भएको निर्वाचनबाट निर्वाचित र निर्विरोध निर्वाचित भएका पदाधिकारी र कार्यकारिणी सदस्यहरुले अधिकारीक रुपमा पदभार ग्रहण गरेका छन् ।
निर्वाचनमा प्रदेश अध्यक्षमा धनराज काफ्ले बिजयी भएका थिए । बिगत ३ दशक देखि औषधि व्यवसायमा अनुभव हासिल गरेका संघका नव निर्वाचित धनराज काफ्लेले थोक तथा खुद्रा व्यवसाय गर्दै आएका छन् । व्यवसायिका दैनिक अप्ठेरा बारे जानकार काफ्ले यसअघि संघको उपाध्यक्ष पदमा रहेर काम गरिसकेका छन् ।
व्यवसायीलाई पर्दा खुलेर आवाज उठाउने र साथ दिने , मिजासिला स्वभावको व्यक्तित्व नै उनको विजयको आधार बनेको व्यसायीहरु बताउने गर्छन् ।
नेपाल औषधी व्यवसायी संघका केन्द्रीय अध्यक्ष प्रकाश कुमार खन्डेवालको प्रमुख अतिथिमा पदस्थापन भएको थियो । नवनिर्वाचित कार्यसमितिहरुलाई पद तथा सपथ प्रमुख निर्वाचन अधिकृत गणेशराज लुईटेलले गराएका थिए ।
काफ्ले अलावा संगको प्रदेशमा वरिष्ठ उपाध्यक्षमा सुर्य प्रसाद कोइराला (श्याम), उपाध्यक्ष (थोक /आयात) तिर सुधीन ध्वज श्रेष्ठ , उपाध्यक्ष (खुद्रा) दिलिप सुबेदी, महासचिवः लक्ष्मण माझी चौधरी , कोषाध्यक्षः प्रभात कुमार श्रेष्ठ, सचिवः झरना न्यौपाने, उपकोषाध्यक्षः सेवक दाहाल , सदस्य (थोक/आयात): शरद गौतम , सदस्य (थोक/आयात): खेम लाल काफ्ले , सदस्यहरु खुद्रा तर्फ स्याम कुमार खड्का , बेद बहादुर थापा (गणेश) , सदस्य (महिला): तिल माया काफ्ले, सदस्यहरु (खुल्ला) सुभाष पौडेल, महेन्द्र थापा , सुरेन्द्र प्रधान, प्रकाश धिमाल निर्वाचित भएका थिए ।
पदभार ग्रहण गर्दै अध्यक्ष काफ्लेले व्यासायीका समस्या समाधान गर्न सबैलाई मिलाएर संघलाई एक ढिक्का बनाएर लैजान कुनै कसर बाँकी नराख्ने बताए ।
प्रतिक्रिया दिनुहोस्