अशोक राई नेतृत्वको जसपाको कार्यालय ग्वार्कोमा, वैकल्पिक शक्ति बन्ने अठोट

११ फाल्गुन, काठमाडौं । जनता समाजवादी पार्टीको नयाँ केन्द्रीय कार्यालय उद्घाटन गरिएको छ ।
आइतबार पार्टीका अध्यक्ष एवम पूर्वमन्त्री अशोक कुमार राईले ललितपुरको ग्वार्कोचोकस्थित केन्द्रीय कार्यालय उद्घाटन गरेका हुन् ।
कार्यालय उद्घाटनपछि अध्यक्ष राईले अब नयाँ कार्यालयबाट नै जनता समाजवादी पार्टीको क्रियाकलापहरु सञ्चालन हुने जानकारी दिए । समाजवादी पार्टी मूलुकको वौकल्पिक विचार र शक्ति निर्माण गरेर अगाडि बढने अठोटकासाथ संगठित भएको पनि उनको भनाइ छ ।
उनले भने,‘अब यही नयाँ कार्यालयबाट नै जनता समाजवादी पार्टीको क्रियाकलापहरु सञ्चालन हुनेछन् । अब समाजवादी पार्टी मूलुकको वौकल्पिक विचार र शक्ति निर्माण गरेर अगाडि बढने अठोटकासाथ संगठित भएको छ ।’
कुनै पार्टी कमजोर हुँदै जनताप्रति अनुत्तरदायी भएर रहँदैमा मूलुकमा राजनीतिक रिक्तता हुन नसक्ने उनको भनाई छ । । राजनीतिक रिक्तता परिपूर्ति गर्ने अरु सक्षम र लायक पार्टीको उद्य हुने मान्यतामा जनता समाजवादी पार्टी जनताका माझ लिएर आएको उनले बताए ।
उनले भने,‘पुराना पार्टीहरु पूराना विचार, पूरानो सोच, पूरानो संस्था र कार्यशैलीको कारण निरन्तर जनताकोबीचमा विश्वास गुमाउँदै गएको र निराश भएको अनुभूति गरेको छौं । कुनै पार्टी कमजोर हुँदै जनताप्रति अनुत्तरदायी भएर रहन्छ भने मूलुकमा राजनीतिक रिक्तता हुन सक्दैन् । त्यस्तो रिक्तता परिपूर्ति गर्ने अरु सक्षम र लायक पार्टीको उद्य हुन्छ । त्यही मान्यतामा हामी जनता समाजवादी लिएर जनताकोमाझ आएका छौं ।’
उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी नेपालबाट विभाजन भएर राईको नेतृत्वमा जनता समाजवादी पार्टी गठन भएको हो ।
प्रतिक्रिया दिनुहोस्