१३ फाल्गुन २०८१, मंगलवार
मुख्‍य समाचार विचार समाचार समाज

पेस्तोल सहितदुई जनालाई पक्राउ

रौतहट । रौतहटको गौरबाटचितवनतर्फ जाँदै गरेको एक यात्रु बाहकबसबाटप्रहरीले पेस्तोल सहितदुई जनालाई पक्राउ गरेको छ ।
ना ८ ख ८७७३ नम्बरको बसलाई हेटौँडा–१५,रातोमाटे स्थित चेकपोस्टमा चेकजाँच गर्ने क्रममाप्रहरीले पेस्तोल बरामद गरेको हो ।

जिल्लाप्रहरी कार्यालय मकवानपुरका अनुसार एक थान पेस्तोल र ९ मिलिमिटरको ३ राउन्डगोलीसहित २ जनाभारतीयनागरिकलाई पक्राउ गरिएको छ ।

पक्राउ पर्नेमा भारतको बिहार राज्यको सिहुहर जिल्लाधनहरा ग्रामका २२ वर्षीय धिरजकुमार र मोतिहारी जिल्ला बहरी ग्रामका २६ वर्षीय दीपककुमार रहेको प्रहरीको भनाई छ ।

जिल्लाप्रहरी कार्यालय मकवानपुरका प्रमुख, प्रहरी उपरीक्षकविश्वराजखड्काले पेस्तोल सहितपक्राउ परेका नागरिककाबारेमा आवश्यक अनुसन्धान भै रहेको जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्