Rato Kagaj पल पलको खबर
Rato Kagaj पल पलको खबर

एनआरटीलाई पराजित गर्दै एफसी सेमिफाइनलनमा प्रवेश

रातो कागज
2 महिना अघि

काठमाडौं । केपी ओली एफसी क्लब केपी ओली कप फुटबल च्याम्पियनसिपको सेमिफाइनलमा प्रवेश गरेका छन् ।
ललितपुर सादोबाटा स्थित एन्फा कम्प्लेक्समा सोमबार भएको खेलमा केपी ओली एफसीले न्युरोड टिम (एनआरटी) क्लबलाई १–० गोल अन्तरले पराजित गर्दै सेमिफाइनलनमा प्रवेश गरेको हो ।

केपी ओली एफसीका तर्फबाट निर्णायक एक गोल खेलको ६३औँ मिनेटमा सुरजज्यू ठकुरीले गरेका थिए ।
प्रतियोगिता अन्तर्गत मंगलबार दुई खेल हुनेछन् ।

पहिलो खेल साढे ११ बजे एपिएफ र संकटा क्लबबीच र दोस्रो खेल दिउँसो ३ बजे मछिन्द्र एफसी र एफसी ट्रान्सपोर्ट युनाइटेड बीच हुनेछ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया