रातो कागज

जनकपुर । जनकपुर स्पोट्र्स क्लब र न्यू भिजन नेपालको संयुक्त आयोजनामा चौथो अन्तर स्कूलक्रिकेट प्रतियोगिता यही फागुन १७गतेदेखि जनकपुरधामको रंगभूमि मैदान (बरहबिघा) मा आयोजना हुने भएको छ ।
उक्त प्रतियोगितामा कुल १६ समूहको सहभागिता रहनेछ । पहिलो र दोस्रो राउन्ड नक आउट प्रणालीमा खेलाइनेछ भने अन्तिम राउन्ड लिग आधारमा हुनेछ । प्रतियोगितामा उत्कृष्ट ब्याट्सम्यान, बलर, विकेट किपर, फिल्डर तथाम्यान अफ द म्याचलगायत विभिन्न विधामा खेलाडीहरू पुरस्कृत गरिने आयोजक समितिका सदस्य प्रशान्त अरविन्दले जानकारी दिएकाछन् ।
यस प्रतियोगिताले विद्यार्थी क्रिकेट खेलाडीहरूलाई आफ्नो प्रतिभा देखाउने उत्कृष्ट अवसर प्रदान गर्ने विश्वास आयोजकले व्यक्त गरेका छन् ।
खेलको विजेता टिमलाई ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिने मुख्य आयोजक न्यू भिजन नेपालका अध्यक्ष एवम प्रतियोगिता व्यवसथापक अम्बु प्रसाद साहले जानकारी दिए ।
साथै उनले प्रतियोगीता हेर्न क्रिकेट संघका पदाधिकारी पनि आउने हुनाले आगामी दिनमा राष्ट्रिय स्तरको खेलका लागि छनोट हुने खेलाडीमा प्रतियोगीतामा अब्बल हुने हरुले ग्राहिता पाउने जानकारी दिए ।
फेसबुकबाट तपाईको प्रतिक्रिया