Rato Kagaj पल पलको खबर
Rato Kagaj पल पलको खबर

महाशिवरात्रिको अवसरमा छाङ्छाङ्दी मन्दिरमा विशेष मेला

रातो कागज
2 महिना अघि

रौतहट । महाशिवरात्रिको अवसरमा स्याङ्जाको भीरकोट नगरपालिका–४ मा अवस्थित छाङ्छाङ्दी मन्दिरमा विशेष मेला लागेको छ ।
धार्मिक ग्रन्थ अनुसार छाङ्छाङ्दी मन्दिर लाई अत्यन्तै पवित्र स्थल मानिन्छ। महाशिवरात्रिको अवसरमा यहाँ ठूलो संख्यामा भक्तजनहरू भेलाहुने भएकाले व्यवस्थापन समितिले सुरक्षा तथा आवश्यक सुविधाहरूको उचित व्यवस्था मिलाएको हो ।
मन्दिर व्यवस्थापन समितिका अध्यक्ष पिताम्बर श्रेष्ठका अनुसार भक्तजनहरूलाई सहजदर्शन गराउने उद्देश्यले लाइन व्यवस्थापन गरिएको छ भने, विशेष गरी वृद्धवृद्धा, अपांग, साना बालबालिका सहितका भक्तजनलाई विशेष व्यवस्थापन गरिएको छ ।
अन्य श्रद्धालुहरूका लागि भने फास्ट ट्र्याक बाट दर्शन सुविधाका लागि रु २०० शुल्क निर्धारण गरिएको उनले जानकारी दिए ।महाशिवरात्रि पर्वलाई लक्षित गरी मन्दिर व्यवस्थापन समितिले सरसफाइ, रंगरोगन तथा अन्य व्यवस्थापन कार्य बनाएको थियोे । यस्तै स्याङ्जाको अन्य शिवालय पनि भक्तजनको भिड लागेको थियो ।

फेसबुकबाट तपाईको प्रतिक्रिया