१४ फाल्गुन २०८१, बुधबार
खेलकुद मुख्‍य समाचार विशेष समाचार समाचार समाज

उपाधि भिडन्त : रोमाञ्चक पहिलो हाफ गोलरहित

१४ फागुन, काठमाडौं । अन्तर्राष्ट्रिय महिला फुटबल प्रतियोगिताको फाइनल खेलको पहिलो हाफ गोलविहीन सकिएको छ ।

उपाधिका लागि भिडिरहेका नेपाल र म्यानमारले पहिलो हाफमा केही सुन्दर अवसर खेर फाल्दा खेलमा अग्रता बनाउन सकेनन् । काठमाडौंको त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा फाइनल खेलको सुरुदेखि नै दुवै टिमले आक्रामक खेल खेलेका थिए

३५औं र ४३औं मिनेटमा सावित्रा भण्डारी साम्बा र रेखा पौडेलले सुन्दर अवसरलाई गोलमा परिणत गर्न सुकेनन् ।

३५औं मिनेटमा रेखाको चलाखीपूर्ण पासमा साम्बालाई गोल गर्ने अवसर मिलेको थियो । तर, उनको प्रहार फितलो हुन पुग्दाम्यानमारको गोलरक्षकलाई लागेर फर्कियो । सोही बललाई पुनः रेखाले जाली चुमाउने मौका पाएकी थिइन् । तर, उनी पनि चुकिन् ।

त्यसअघि १६औं मिनेटमा पनि नेपालकी सबैभन्दा सफल स्ट्राइकर साम्बाले राइट विङबाट म्यानमारको गोलपोष्टमा लामो प्रहार गरेकी थिइन् । तर, म्यानमारको गोलपोष्टभन्दा निकै माथिबाट बाहिरियो ।

म्यानमारले पनि लगातारजसो नेपाली डिफेन्डर र गोलरक्षकलाई व्यस्त राख्यो । २४औं मिनेटमा म्यानमार निश्चित गोलको अवसरबाट बञ्चित भयो । डिफेन्डर विमला विकले गोललाइनबाट बल क्लियर गर्दै स्पष्ट गोल रारिन् ।

त्यसअघि ११ औं मिनेटमा म्यानमारका खेलाडीको सशक्त प्रहारलाई नेपाली कप्तान गोलकिपर एञ्जिलाले विफल पारिन् । यस्तै, २०औं मिनेटमा म्यानमारकी खेलाडी युउन वादीको लामो क्रसलाई पुनः एन्जिलाले आकर्षक रुपमा नियन्त्रणमा लिइन् ।

प्रतिक्रिया दिनुहोस्