मुगुको डाँफे होटेलमा आगलागी, करोडौंको क्षति

रातो कागज
३ हप्ता अघि

मुगु । बुधबार राती १२ बजे मुगु स्थित रारामा रहेको डाँफे होटेलमा आगलागी भएको छ । उक्त होटेलमा आगलागी हुँदा करोडौंको क्षति भएको जिल्ला प्रहरी कार्यालय,मुगुले जनाएको छ ।

आगलागीबाट होटेलका सबै भवन सहित ९४ वटा बेड विस्तारा, किचनका सरसामान सबै जलेर खरानी भएका छन् । मानविय क्षति भने नभएको प्रहरीले जनाएको छ ।थप क्षतिको बिवरण आउन बाँकी छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया