खेल र खेलाडीले नै देश बनाएको छ

काठमाडौं । बाग्मती प्रदेशका मुख्यमन्ती बहादुर सिंह लामाले खेल र खेलाडीले नै देश बनाएको बताएका छन् ।
आइतवार ललितपुरमा आयोजित चौथो कृष्ण प्रसाद भट्टराई स्मृति राष्ट्रिय कराते प्रतियोगिताको समापन समारोहमा उनले खेलाडी राज्यको सम्पती भएको र खेलबाट नै राष्ट्रको विकास हुने बताएका हुन् ।
उनले भने,‘खेलले फरक ढङगबाट राष्ट्र भाव दिने भएकोले यो अत्यन्त महत्वपुर्ण छ । यो राज्यले बुझ्नु पर्छ । खेलाडीले देश बनाएको छ पर्यटन भित्र्एको छ । खेलाडी राज्यको सम्पती हो । खेललाई पर्वद्धन गर्ने, खेलको विश्वासनीयता बढाउन खेलाडी पलायन हुन नदिन बागमती प्रदेश सरकारले खेल जगतमा नया ढङगले जाने छ ।’
उनले खेल स्वास्थ्य र रास्ट्रको लागि ठुलो उपलब्धि रहेको भन्दै सरकारी पदमा बसेकाले खेललाई नबुझेको र बजेटमा पछाडी पारिएको बताए ।
यस्तै, उक्त समारोहमा बोल्दै नेपाली कांग्रेसका महामन्त्री गगन थापाले बाग्मती प्रदेश सरकारले खेलकुद जगतमा आफूले पाएको जिम्मेवारी पुरा गर्न मिलेर कोसिस गर्ने बताएका छन् । उनले निजी क्षेत्रलाई जोडेर मात्र काम गर्न सकिने भन्दै निजी क्षेत्रलाइ जोड्ने वातावरण बनाउन पहल गर्ने पनि बताए ।
यसका साथै, उक्त समारोहमा बोल्दै बागमती प्रदेशका युवा तथा खेलकुदमन्त्री मीनकृष्ण महर्जनले खेलाडी विदेश पलायन ठुलो समस्या रहेको बताए ।
प्रतिक्रिया दिनुहोस्