खेलकुद क्षेत्रको विकासका निम्ति पर्याप्त लगानी नभएको गुनासो

गण्डकी, १९ फागुन । नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान पारस खड्काले खेलकुद क्षेत्रको विकासका निम्ति राज्यबाट पर्याप्त लगानी नभएको गुनासो गरेका छन् ।
पोखरामा आयोजित नेपाल साहित्य महोत्सवअन्तर्गत आइतबार ‘फ्री हिटः एनपिएलभन्दा पर’ विषयमा भएको भएको छलफलमा उनले खेलकुदको व्यावसायिक विकासका लागि सरकारले सरकारले बजेट बढाउनुपर्ने बताए ।
“मन्त्रालय बाँडफाँटका बेलामा पनि राजनीतिक दलको सबैभन्दा कम प्राथमिकतामा खेलकुद मन्त्रालय पर्ने गरेको छ । युवालाई खेलकुदमा आकर्षित गर्ने वातावरण सबै पक्ष मिलेर बनाउनुपर्छ ।” उनले खेलकुद पूर्वाधार र संरचना निर्माणमा सरकारले ध्यान दिनुपर्नेमा जोड दिँदै भने ।
प्रतिक्रिया दिनुहोस्