प्याब्सनको राष्ट्रिय महाधिवेशन फागुन २६ र २७ गते

काठमाडौं । निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन नेपाल (प्यावसन)को १६ औं राष्ट्रिय महाधिवेशन आगामी फागुन २६ र २७ गते हुने भएको छ ।
सोमबार काठमाडौंमा पत्रकार सम्मेलनको आयोजनागरी प्यावसनका अध्यक्ष डिके ढुङ्गानाले फागुन २६ र २७ गते कमलादीको प्रज्ञा भवनमा हुने महाधिवेशनमा करिब दुई हजार प्रतिनिधिको सहभागीमा नयाँ नेतृत्व पनि चयन गर्ने जानकारी दिए ।
उनले भने,‘प्याब्सनको महाधिवेशन फागुन २६ र २७ गते कमलादीको प्रज्ञा भवनमा हँुदैछ । यो अधिवेशनमा शुभेच्छुक संस्थाहरु आमन्त्रणा गरेका छौं । सबैजना गरेर करिब दुई हजार प्रतिनिधि सहभागी हुने सम्मेलनले नयाँ नेतृत्व पनि चयन गर्ने छ ।’
साथै उनले २७ गते बेलुका पाँच बजेसम्म नयाँ नेतृत्व चयन गरिसक्ने पनि जानकारी दिए । कार्यक्रमको उद्घाटन प्रधानमन्त्री केपी शर्मा ओलीबाट हुनेछ ।
प्यब्सनका अध्यक्ष ढुङ्गानाले अनलाइन माध्यमबाट रजिस्ट्रेसन हुने हुँदा समय सीमा नागेपछि सिस्टम आफै बन्द हुने र त्यसपछि कुनै रजिस्ट्रेसन गर्न पाइने उनले बताए ।
प्रतिक्रिया दिनुहोस्