मुगुमा ‘महिला नै पहिला’ अनुपम अभियान

मुगु । महिला अधिकार कृन्दको नेतृत्व तथा अनुपम अभियानले मुगुमा ‘महिला नै पहिला’ अभियान आयोजना गरेको छ ।
आइतवार सदरमुकाम गमगढी बजारमा रहेको जिल्ला समन्वय समितिको कार्यालयबाट निकालिएको पेलेकाटमा ‘०८४ मा हुनुपर्ने पहिला, घर चलाउने महिलाले देश चलाउन सक्छन’ भने नारासहित र्याली आयोजना गरेको हो ।
र्याली कृष्ण चोक, मिलनचोक हँुदै बखत पुगेर कोणसभामा परिणत भएको थियो । राज्यका हरेक निर्णायक तहमा ‘महिला नै पहिला’ हुनुपर्ने आवाज उठाउँदै महिलाले देशव्यापी रुपमा अभियान चलिरहेको अवस्थामा मुगुमा अगुवा क्रियाशील राजनीति दलमा अगुवा महिलाहरु एक आवाजका साथ कार्यक्रममा सहभागी भएका थिए ।
कार्यक्रममा मुगुमा रहेका चार स्थानीय तहबाट सहभागी महिलाहरुले ‘राजनीतिमा महिला पद छ, जिम्मेवारी छैन्’, महिलावादीको आड माया करुणा र साहस’, ‘परिवर्तनको समय, महिलालाई नेतृत्व दिनुहोस्’ बिकास निर्माणदेखि देशको प्रधानमन्त्री महिला हुनपर्छ पहिला’ जस्ता नारा लेखिएका प्ले कार्डसहित प्रदर्शन गरेका थिए ।
राज्यका हरेक निर्णायक तहमा ‘महिला नै पहिला’ भनेर अनुपम यात्रा देशव्यापी अभियान सुरु गरिएको यो अभियान निरन्तर चलि रहने छ । मिसन ०८४ मा महिलाको सहभागी र लिडरमा हुनुपर्ने महिला अधिकार केन्द्र मुगुकी अध्यक्ष तथा अभियानकर्मी शुकुमाया शाहीले बताइन् ।
महिला अनिवार्य रहेको व्यवस्थालाई समेत ‘गठबन्धन’ र ‘वा’ जस्ता शब्दको दुरुपयोग गर्दै कानूनमा छिद्र खोजेर महिलाको अर्थपूर्ण सहभागितालाई पाखा लगाउने काम भएको भन्दै महिला पहिला भए मात्रै महिला नेतृत्व सफल हुने महिलाले अब सुतेर हुदैनन् आफ्नो अधिकार लिन सबै ठाउमा लड्नुपर्ने अखिल महिला संघ मुगु अध्यक्ष कबिता गिरिको भनाइ छ ।
महिलाको नेतृत्वलाई स्वीकार्ने वातावरण बनाउन र राज्यका सबै तहमा महिलाको समतामूलक सहभागिता अनिवार्य रहेको बताइन् ।
तर क्रियाशील राजनीतिक दलका प्रमुखहरुले घर सम्हालेमा महिलाले देश सम्हाल्न सक्छन् भन्दै संविधानले दिएका आरक्षण पदमा मात्र महिलालाई सिमित गरेका छन । अब आरक्षण पद होइन निर्णायक पदमा जानका लागि सबै महिला एक हुन आवश्यक देखिएको नेपाली काग्रेस महासमित सदस्य सुर्जादेवी मल्लले बताइन् ।
अनुपम अभियानमा सहभागी भएका एमाले जिल्ला अध्यक्ष पूर्ण बहादुर रोकायाले मिसन २०८४मा महिला पहिला हुनुपर्छ, भाषणमा महिला, आसनमा महिला नारा निकै लोकप्रिय रहेपनि कार्यान्वयनमा ध्यान दिनुपर्ने बताए ।
आगामी निर्वाचनमा महिलालाई अर्थपूर्ण नेतृत्वमा ल्याउनु देशब्यापी अनुपम यात्राको अन्तिम लक्ष्य रहेको अभियानकर्ताहरु बताउँछन् ।
गत स्थानीय तहको निर्वाचनमा ७५३ मध्ये २५ वटा स्थानीय तहमा मात्रै महिलाले प्रमुख पदको जिम्मेवारी पाएका थिए । यो संख्या भनेको कुल निर्वाचित संख्याको ३ दशमलब ३२ प्रतिशत मात्रै हो ।
त्यसैगरी प्रतिनिधि सभा निर्वाचनमा प्रत्यक्षतर्फ २२५ जना महिला निर्वाचन मैदानमा भए पनि ९ जना मात्रै निर्वाचित भएका थिए । ०८० सालदेखि सुरु भएको अनुपम यो अभियान २०८४ सालसम्म सञ्चालन हुनेछ ।
नेकपा माओवादी केन्द्रका नेतृ इटोल लामाले महिला सबल, सक्षम, नहुँदा नेतृत्व तहमा पुगेपनि केही काम गर्न नसकेको विल्ला बोक्दै आएका आएको बताइन् ।
प्रतिक्रिया दिनुहोस्