२० फाल्गुन २०८१, मंगलवार
मधेश मुख्‍य समाचार समाचार समाज

मधेसी शहीद प्रतिष्ठानका सदस्य नरेश यादव मृत फेला

२० फागुन, जनकपुर । मधेसी शहीद प्रतिष्ठानका सदस्य नरेश यादव मृत अवस्थामा फेला परेका छन् ।  जनकपुरधामस्थित मधेश भवन परिसरभित्र रहेको आफ्नो निवासमै यादव मंगलबार बिहान मृत भेटिएका हुन् ।

जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी नायव उपरीक्षक (डीएसपी) वरुणबहादुर सिंहका अनुसार यादव आफ्नै ओछ्यानमा मृत अवस्थामा भेटिएका थिए । उनको कोठाभित्र वान्ता गरेको समेत फेला परेको प्रहरीले जनाएको छ ।

मृत्युको कारण हालसम्म खुल्न सकेको छैन । शव पोष्टमार्टमका लागि प्रादेशिक अस्पताल, जनकपुरधाम लगिएको छ । प्रहरीले घटनाको थप अनुसन्धान जारी राखेको छ भने पोस्टमार्टम रिपोर्टपछि मृत्युको वास्तविक कारण खुल्ने जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्