मिथिला माध्यमिकी परिक्रमा आज ध्रुवकुण्ड पुग्दै

जनकपुर । १५ दिने मिथिला माध्यमिकी परिक्रमा आज महोत्तरीको ध्रुवकुण्डका लागि प्रस्थान गरेको छ । मंगलबार मडैमा विश्राम पश्चात आज बिहानैदेखि परिक्रमा यात्री ध्रुवकुण्डका लागि प्रस्थान गरेका हुन् ।
धनुषाको कचुरीबाट शुरु भएको १५ दिने मिथिला माध्यमिकी परिक्रमाको टोली छैठौं दिन मडै पुगेको थियो ।
आज सातौं दिन ध्रुवकुण्ड पुगेर रात्रि विश्रामपछि आठौं दिन भोलि कञ्चनवनका लागि प्रस्थान गर्नेछ । कञ्चनवन महोत्तरीमा पर्ने अन्तिम स्थल हो ।
त्यसपछि धनुषाको पर्वता धनुषाधाम, सतोषर, औरहीमा एक–एक रात विश्राम गरी पूर्णिमाको अघिल्लो रात जनकपुर आई पुग्छन् र पूर्णिमाको बिहानी जनकपुरको अन्तगृह परिक्रमा गरेर होली खेली यात्रा सम्पन्न हुन्छ ।
नेपाल– भारत मुलुकको धार्मिक सांस्कृतिक एवं पारम्परिक सामाजिक तथा सद्भावको प्रतीक बनेको माध्यमिकी परिक्रमा यात्रा नेपालको धनुषा र महोत्तरीमा १३ तथा भारतमा २ गरी १५ विश्रामस्थल रहेको छ ।
परिक्रमा यात्रामा सहभागी भए मन, वचन र कर्मले भएका पाप तथा अन्याय नष्ट भएर मनोकामना पूरा हुने धार्मिक मान्यता छ ।
प्रतिक्रिया दिनुहोस्