रासस

जनकपुर, २१ फागुन, राष्ट्रिय समाचार समिति रासस का कार्यकारी अध्यक्ष धर्मेन्द्र झाले आज जनकपुर धामस्थित रेल्वे स्टेसन तथा नेपाल रेल्वे कम्पनीको भ्रमण तथा निरीक्षण गरेका छन् ।
एक कार्यक्रममा सहभागी हुन जनकपुरधाम आइपुगेका अध्यक्ष झाले आज बिहान जनकपुर धामस्थित रेल्वे स्टेसन तथा नेपाल रेल्वे कम्पनी र कार्यालयको भ्रमण तथा निरीक्षण गर्दै कुर्था–जनकपुर–जयनगर रेल सेवा बारे कर्मचारीसँग छलफल पनि गरे ।
छलफलका क्रममा उन्ले लामो समयको प्रतीक्षा पछि नेपालमा रेल सेवा सञ्चालन हुनु नेपालीका लागि गौरवको विषय भएको बताए । मुलुकमा भएको राजनीतिक परिवर्तन पश्चात् भौतिक पूर्वाधारका क्षेत्रमा विकास र प्रगति भएको प्रसङ्ग उल्लेख गर्दै उनले रेल सेवा सञ्चालन हुनु यसैको उदाहरण भएको धारणा राखे ।
राससले हालै प्रकाशन गरेको राससको फोटो किताब, गणतन्त्रको १६ वर्षे उपलब्धि पुस्तकमा नेपाली रेल र रेल्वे स्टेसनको फोटोसमेत समावेश गरिएको जानकारी दिँदै अध्यक्ष झाले नेपाली रेल्वे सेवाका अधिकांश सूचना तथा समाचारलाई राससले प्राथमिकता दिइरहेको बताए । नेपाल रेल्वे कम्पनीका कर्मचारीहरूले उनलाई कार्यालय परिसरमा स्वागत गरेका थिए ।
फेसबुकबाट तपाईको प्रतिक्रिया