Rato Kagaj पल पलको खबर
Rato Kagaj पल पलको खबर

महोत्तरीमा यात्रुवाहक बस दुर्घटना, एक दर्जन बढी घाइते

रातो कागज
4 हप्ता अघि

जनकपुर । महोत्तरीको महोत्तरी गाउँपालिका–५ गोरिगामामा बस पल्टिँदा एक दर्जन बढी यात्रु घाइते भएका छन् ।
रौजाबाट जलेश्वरतर्फ जाँदै गरेको ना३ख ८९९७ नं. को यात्रुवाहक बस शुक्रबार करिब १०ः३० बजे गति अनियन्त्रित भइ खेतमा पल्टिएर दुर्घटना भएको हो ।

दुर्घटनामा घाइते भएकाहरुलाई आवश्यक उपचारको लागि प्रादेशिक अस्पताल जनकपुर तथा नजिकको अस्पतालहरुमा पठाइएको जिल्ला प्रहरीले कार्यालय महोत्तरीले जनाएको छ ।

अहिलेसम्म कुनै मानवीय क्षती नभएको र घाइतेहरुको अवस्था पनि सामान्य रहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ ।

बसका चालक र सहचालक भने फरार रहेका छन् । प्रहरीले घटनाबारे थप अनुसन्धान भइरहेको र फरार रहेका चालक र सहचालकको खोजी भइरहेको जनाएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया