२५ फाल्गुन २०८१, आईतवार
बागमती मुख्‍य समाचार विचार समाचार समाज

पूर्वराजा ज्ञानेन्द्र शाह काठमाडौं आइपुगेका छन्।

पूर्व राजा ज्ञानेन्द्र शाह पोखराबाट काठमाडौं आइपुगेका छन् । ज्ञानेन्द्र केहीबेर अघि त्रिभुवन विमानस्थलमा ओर्लिएका हुन् ।

समीट एयरको जहाजमार्फत ज्ञानेन्द्र काठमाडौं आएका हुन् । उनलाई पोखरमा राजावादीहरुले बिदाइ गरेका थिए । पोखरामा पञ्चेबाजासहित ज्ञानेन्द्रलाई बिदाई गरिएको थियो ।

काठमाडौंमा पूर्वराजालाई भव्य स्वागत गरिएको छ । त्रिभुवन विमानस्थल अगाडि समर्थकहरू जम्मा भइ बसेका छन् ।

उनलाई राष्ट्रिय प्रजातन्त्र पार्टी ९राप्रपा०, राप्रपा नेपाललगायत दलका कार्यकर्ता र राजतन्त्र समर्थकहरुले भव्य स्वागत गरेका हुन् ।

अहिले त्रिभुवन विमानस्थलबाहिर ठूलो संख्यामा भीड जम्मा भएको छ भने शाहलाई निर्मल निवास पुर्‍याउन र्‍याली आयोजना गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्