२५ फाल्गुन २०८१, आईतवार
मुख्‍य समाचार राजनीति विशेष समाचार समाचार समाज

भूमि समस्या समाधानमा स्थानीय तहको पहिलो जिम्मेवारी : हरिप्रसाद रिजाल

रामेछाप । भूमि समस्या समाधान आयोगका केन्द्रीय अध्यक्ष हरिप्रसाद रिजालले भूमि समस्या सावधानका लागि सबै भन्दा बढी स्थानीय सरकार जिम्मेवार हुनु पर्ने बताएका छन् ।

भूमि समस्या सावधान आयोग रामेछापले आइतवार मन्थलीमा आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा बोल्दै अध्यक्ष रिजालले स्थानीय सरकारको सक्रियता विना भूमिहीनको समस्या सावधान गर्न नसकिने बताए । यसको लागि सबैभन्दा बढी स्थानीय सरकारले अपनत्व लिनु पर्नेमा उनले जोड दिए ।

रिजालले भूमि समस्या समाधानका लागि समस्याको पहिचान, सिफारिस, जमिनको नाप जाँच लगायतका काममा स्थानीय सरकारकै प्रमुख भूमिका हुने उनले बताए । यसमा भूमि आयोगले सहजीकरणको काम मात्र गर्ने उनले स्पष्ट पारे । भूमि सम्बन्धी कामहरू कुनै पनि खालका विवाद नआउने गरी गर्न उनले स्थानीय तहलाई अनुरोध गरे ।

कार्यक्रममा वाग्मती प्रदेश सभा उद्योग, पर्यटन तथा वातावरण समितिका सभापति आनन्दकुमार श्रेष्ठले भूमिहीन समस्या समाधानका लागि तीनवटै तहका सरकारले सहकार्य गरेर काम गर्नुपर्ने बताए । राज्यलाई कम भार पर्ने गरी स्थानीय स्तरको स्रोत र साधनको प्रयोग गरेर काम गर्नु पर्ने उनको सुझाव छ ।

भूमि समस्या सावधान आयोग रामेछापका अध्यक्ष गौतम लामाको अध्यक्षता तथा केन्द्रीय अध्यक्ष रिजालको प्रमुख आतिथ्यमा भएको  कार्यक्रममा रामेछाप जिल्लाका ८ वटै स्थानीय तहका प्रमुख तथा उपप्रमुख¸राजनैतिक दलका प्रमुख तथा प्रतिनिधि लगायतको सहभागिता रहेको थियो । कार्यक्रममा विज्ञ सदस्य जगत् बस्नेतले भूमि समस्या समाधान आयोगले गर्ने कामका बारेमा जानकारी  गराएका थिए ।

प्रतिक्रिया दिनुहोस्