२६ फाल्गुन २०८१, सोमबार
मुख्‍य समाचार राजनीति समाचार समाज

माओवादी केन्द्रको पदाधिकारी बैठक बस्दै

काठमाडौं ।  नेकपा माओवादी केन्द्रको पदाधिकारी बैठक आज बस्दैछ । बैठक बिहान ८ बजे बस्दैछ ।

बैठकमा नेताहरूको जिम्मेवारी, तराई–मधेश जागरण अभियानको अहिलेसम्मको समीक्षा, आगामी चैत ५ गतेका लागि तय भएको स्ववियु निर्वाचनको तयारी तथा समसामयिक राजनीतिक परिस्थितिबारे छलफल हुनेछ ।

फागुन १२ गते झापाको कचनकवलबाट तराई–मधेश जागरण अभियान सुरु गरेको माओवादी राजावादीहरूको गतिविधि बढेपछि अभियान स्थगित गरेर काठमाडौं केन्द्रित भएको छ । अभियान रोकेर नेताहरू काठमाडौं आइसकेका छन् ।

प्रतिक्रिया दिनुहोस्