२६ फाल्गुन २०८१, सोमबार
मधेश मुख्‍य समाचार समाचार समाज

मधेश प्रदेशमा सय प्रहरी युनिटको भवन छैन : प्रहरी महानिरीक्षक कुँवर

रौतहट । प्रहरी महानिरीक्षक बसन्त बहादुर कुँवरले सुबिधायुक्त भवनले प्रहरी कर्मचारीको मनोवल उच्च हुनुका साथै गुणस्तरीय सेवा प्रदानले सेवाग्राहिलाइ सहज हुने बताएका छन ।

िजल्ला प्रहरी कार्यालय रौतहटको नव–निर्मित भवनको सोमवार प्रहरी महानिरीक्षक कुँवरले उद्घाटन गर्दै सो कुरा बताएका हुन । विभिन्न महानुभावहरूले भवन निर्माण कार्यमा सहयोग पु¥याएको भन्दै उनले प्रशंसा समेत गरे ।

प्रहरी महानिरीक्षक कुँवरका अनुसार देशभर २६६० प्रहरी इकाई कार्यलय रहेकोमा १८६९ को कार्यलय भवन, ३७० घर भाडामा र ४२१ अन्य निकायको कार्यलयबाट प्रहरीले सेवा दिदै आएको उल्लेख गरेका छन । मधेश प्रदेशमा ३९५ प्रहरी इकाई कार्यलय मध्ये २९५ युनिटको आफ्नो भवन र एक सय प्रहरी युनिटको भवन नभएको जानकारी दिए ।

रौतहटमा ४६ स्वीकृत प्रहरी युनिटमा ४२ कार्यलय रहेकोमा ३० को जग्गा समेत नभएको उनको भनाइ छ । प्रहरी संगठनलाई आवास र भौतिक पुवधारमा अत्मनिर्भर बनाइ प्रहरीको क्षमता अभिवृद्धिमा प्रहरी प्रधान कार्यलयले ध्यान दिएको प्रहरी महानिरीक्षक कुँवरले बताए । नवनिर्मित संरचना नेपाल प्रहरीको मात्र नभई स्थानीय नागरिकको समेत साझा सम्पत्ति भएको हुँदा यसको उचित संरक्षण, सम्बद्र्धन र विकासमा सबैको सदैव साथ रहने विश्वास लिएको उनले बताए ।

उनले समाजमा शान्ति र सुरक्षाको सु–ब्यावस्था कायम गर्न र आपराधिक गैरकानूनी र अनैतिक कार्य गर्ने व्यक्ति वा समूहहरूलाई निरुत्साहित गर्न कटिवद्ध रहन उपस्थित प्रहरी कर्मचारीहरूलाई निर्देशन समेत दिए।

उनले जिल्ला प्रहरी कार्यालय भवन, ब्यारेक, हिरासत ÷सैलुन, चमेना गृह तथा स्वागत कक्षको समुदघाट्न गर्नुका साथै कार्यालयको परिसरमा बृक्षारोपण समेत गरेका छन ।

प्रतिक्रिया दिनुहोस्