सरकारका काम प्रभावकारी बनाउन आग्रह

काठमाडौँ, २७ फागुन । प्रतिनिधिसभाको बैठक आज विशेष समयमा बोल्दै सांसदहरूले काम प्रभावकारी तथा नतिजामुखी बनाउनुपर्नेमा जोड दिएका छन् ।
सांसद प्रेम सुवालले युवालाई सम्बोधन गर्न विद्यालय शिक्षा तथा विश्वविद्यालय शिक्षा निःशुल्क गर्न जरूरी रहेको बताए।
सांसद चित्रबहादुर केसीले २०४६ सालपछि राजनीति गर्ने र सत्तामा बस्नेको सम्पत्ति छानबिन हुनुपर्ने र उनीहरूले गरेको लुटलाई उचित कारबाही गर्नुपर्ने बताए।
सांसद प्रभु साहले विदेशी एप्सले नेपालबाट खर्बौं रूपैयाँ लगिरहेको भन्दै नेपली एप्स विकास गर्नलाई सरकारलाई ध्यानाकर्षण गराए । उनले सामाजिक सञ्जालको नियन्त्रणभन्दा नियमनमा बढी जोड दिनुपर्ने बताए ।
सांसद डा अमरेशकुमार सिंहले देशमा हाल लोकतन्त्रभन्दा पनि नेतातन्त्र हावी रहेको बताए । उनले नेतातन्त्रको संरक्षणमा भ्रष्टाचारी र विचौलिया रहेको भन्दै जनताको पक्षमा काम गरिनुपर्ने बताए ।
सांसद सूर्यबहादुर थापा क्षेत्रीले अहिलेको अवस्था आउनुमा अघिल्ला सरकार पनि उत्तिकै जिम्मेवार रहेको बताउँदै पूर्वराजाको पक्षमा भइरहेको प्रदर्शन संविधान विरोधी रहेको र राजतन्त्र असन्तुष्ट पक्षले हुइँया मच्चाउँदैमा नफर्किने धारणा राखे ।
सांसद छिरिङ ल्हामु लामा तामाङले पूर्वराजा ज्ञानेन्द्र शाहलाई जनताले निर्माण गरेको संविधानअनुसार नयाँ पार्टी खोलेर निर्वाचन प्रणालीमा आउन चुनौती दिए। उनले राजतन्त्र फर्कन अब असम्भव रहेको स्पष्ट पार्दै निर्वाचन प्रणालीमा आउन चुनौती दिएका हुन् ।
सांसद सुमना श्रेष्ठले अनिवार्य तथा निःशुल्क शिक्षा ऐनको प्रभावकारी कार्यान्वयनमा जोड दिएका छन् । “विद्यालय शिक्षामा मुनाफा कमाउ भन्न सरकारलाई सुहाउँछ विद्यार्थीलाई सुरक्षित वातावरणमा पढ्ने वातावरण बनाउनुपर्छ ।” उनले भने, “सरकारी शिक्षालय तोडफोड गर्ने विद्यार्थीलाई किन कारबाही हुँदैन ”
सांसद भगवती चौधरीले महिलामाथि हुने हिंसा अन्त्य हुनुपर्नेमा जोड दिनुभयने । उनले भने, “जनताले के पाएका र जनताले के पाउन बाँकी छ छलफल गरौ न”, उनले भने, “सरकारलाई मात्रै गाली गरेर हुँदैन । मिलेर अगाडि बढ्नुपर्छ ।”
प्रतिक्रिया दिनुहोस्