हेटौँडा उपमहानगरपालिकाले गर्यो मकवानपुरमा रहेका रेफ्रिहरुलाई हेडसेट प्रदान

हेटौंडा । पछिल्लो समय हेटौंडाको खेलकुद विकासमा उत्कृष्ट भूमिका खेलेको हेटौँडा उपमहानगरपालिकाले मकवानपुरमा रहेका रेफ्रिहरुलाई हेडसेट प्रदान गरेको छ ।
हेटौंडा उपमहानगरपालिकाको कार्यालयमा एक कार्यक्रमको आयोजना गरी नगर खेलकुद बिकास समितिका अध्यक्ष रबिन्द्र प्रसाद घिमिरेले मकवानपुर जिल्ला रेफ्रि संघका उपाध्यक्ष र सदस्य बिशाल घलानलाई करिब ७० हजार बराबरको हेडसेट हस्तान्तरण गरेका हुन् ।
बिश्वमा प्रबिधिको बिकास भएसगै हामीले पनि हाम्रो तर्फबाट हाम्रो जिल्लाको रेफ्रिको स्तर उन्नतिको लागि र प्रबिधिसंग जोडिनको हामीले सानो सहयोग गर्न पाउदा खुशि भएको नगर खेलकुद बिकास समितिको अध्यक्ष रबिन्द्र प्रसाद घिमिरेले बताए ।
यसैगरी मकावनपुर जिल्ला रेफ्रि संघका उपाध्यक्ष सरस्वती लो ले नगरपालिकाले गरेको सहयोगले हामीलाई हौसला मिलेको बताए ।
प्रतिक्रिया दिनुहोस्