श्रम तथा रोजगार सम्मेलन : सरकार उत्साही, व्यवसायीआशावादी

काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्रालयले आयोजना गरेको पाँचौं संस्करणको श्रम तथा रोजगार सम्मेलनले केही सकरात्मक संकेतहरु गरेको छ ।
गत सोमबारदेखि काठमाडौंको याकएण्डयतिहोटलमा सुरु भइदुई दिनसम्मचलेको सम्मेलनले स्वदेशमै रोजगारीकाअवसरहरु सिर्जना गर्न सरकारले नीतिगत सुधार गर्ने र निजी क्षेत्रलाई आकर्षित गर्ने प्रतिबद्धताजनाएपछि सकरात्मक संकेतहरु देखिएको हो ।
समापन समारोहमाबोल्दै श्रममन्त्रीशरद सिंह भण्डारीले मुलुकमा एक थरिको निराशाजन्यवातावरणछाएको भन्दै यस्तो अवस्थामाआशाको दियो देखाउन यस वर्षको सम्मेलनले भूमिका खेल्ने विश्वास दिलाए ।
उनले भने, ‘मुलुकमा एक प्रकारको निराशाजन्यवातावरणभइरहेको अवस्था छ । यस्तो अवस्थामाहामीले आशाको दियो देखाउनुपर्ने आवश्यकता छ । विश्वासको ठूलो संकट छ, त्यसलाई चिर्दै हामी नै सक्षमछौ, गर्न सक्छौ भन्ने विश्वासको वातावरणसिर्जना गर्नुपर्छ । तर यो सजिलो छैन् । नीतिकानून सबै छ, यात्राशुभारम्भ पनिभएको छ तर गन्तव्यमाकिनपुगि रहेका छैनौ ? यो प्रश्नएकदमै गम्भीर ।’
त्यस्तै उनले सम्मेलनमाआएका सुझाव र गुनासालाई समेटेर आगामीदिनमाअगाडिबढ्ने पनिधारणा राखे ।
त्यस्तै नेपालन्यूज बैंकसँगको कुराकानीमामन्त्रालयमाप्रवक्ताडन्डुराजघिमिरेले सम्मेलनमा सुझाव र गुनासाधेरै आएको र प्रसस्त छलफलभएको बताए ।
‘प्यानलमापनि प्रसस्त छलफलभयो । प्यानलमामात्रै लगभग ३८जनाले वक्ताहरुमध्ये कसैलेनीतिगतरुपमै पेपर प्रस्तुतगर्नुभएको छ ।विभिन्नक्षेत्रबाट कसरी रोजगारी सृजना गर्न सकिन्छभन्ने विषयआएकाछन्,’ उनले भने ।
उनले अन्तरिक रोजगारीको आधार उद्यमशिलता र उत्पादनप्रणालीसँग जोडिएर आएको आत्मविश्वाससहितको उद्यमशिलतामाआफूहरुको अबको तयारी रहने जानकारी दिए ।
उनले भने,‘अब हाम्रो तयारी के छ भनेजो व्यक्तिउद्यमशिल छउसलाई प्राथमिकतादिने रणनीति छ । उसमाआत्माविश्वास चाहीं हुनुपर्छ ।त्यो व्यक्तिले केही नौलो कुरा गर्ने साहस पनि राख्नुपर्छ । यी कुरा सँगसँगै आयो भने रोजगारी पक्कै पनि सृजनाहुनसक्छभन्ने कुरा सम्मेलनको मूलथिमथियो । अन्तरिक रोजगारीको आधार उद्यमशिलता र उत्पादनप्रणालीसँग जोडिएर आएको छ ।’
विगतका सम्मेलनहरुमा राखेका गुनासा र सुझावहरु कार्यान्वयनभएनभन्ने निजी र अन्य क्षेत्रहरुबाटगुनासो आउने गर्दथ्यो । यसवर्षको सम्मेलनमाआएको गुनासा र सुझावभने कार्यान्वयन गर्ने प्रवक्ताघिमिरेले विश्वास दिलाए ।
‘हामीएकदमै विश्वस्तछौं । किनकीकार्यान्वयनगर्छौं । तत्परताकासाथगछौं । हामीजिम्मेवार बन्नुपर्छ र कार्यान्वयन गर्नुपर्छ,’उनले भने
यस्तै मन्त्रालयका सहसचिवकमलप्रसाद भट्टराईले सरकारी, निजीर श्रमिकको त्रिपक्षीय सहभागीतामा सम्मेलन सम्पन्न गरेको जानकारी दिए । त्रिपक्षीय सामुहिकप्रयत्नबाटआन्तरिक रोजगारी प्रवद्र्धनलाई महत्वपूर्ण विन्दुमा पुर्याउन सकिन्छभन्ने अविप्राय पूरा भएको महशुस भएको उनको भनाई छ ।
उनले भने,‘मुख्यरुपमाअहिले वैदेशिक रोजगारीबाध्यात्मक परिस्थितिहो ।त्यसलाई व्यवस्थित, मर्यादित, सुरक्षितबनाउदै आन्तरिक रोजगारलाई प्रवद्र्धन गर्नुपर्छ । आन्तरिकउद्योगधन्दाको विकास गरी उत्पादन र उत्पादकत्वबढाउनुपर्छ । त्यसैको माध्यमबाट रोजगारी सिर्जना गर्न सकिन्छ, गरिवीनिवारण गर्न सकिन्छ र समृद्ध नेपाल सुखी नेपालीको सपना साकार पार्न सकिन्छभन्ने उद्देश्यले हामीले कार्यक्रम गरेका हौं । सरकारी निजी र श्रमिकको त्रिपक्षीय सहभागिता छ । यस्तै साहसीप्रयत्नबाटआन्तरिक रोजगारी प्रवद्र्धनलाई महत्वपूर्ण विन्दुमा पुर्याउन सकिन्छभन्ने अभिप्राय पूरा भएको छ ।’
विगतका सम्मेलनमाभएका राम्रा कुराहरुलाई यस वर्षको सम्मेलनमा समेटेको र नराम्रा कुराहरुको सुधार गर्ने प्रयत्न गरेको पनिउनले बताए । साथै श्रमिकहरुको कल्याणको विषय, तेस्रो सूचनाप्रविधिहरुको प्रयोग गरी सबै श्रमिकहरुको डाटालिएर व्यवस्थितरुपमा राख्ने, वैदेशिक रोजगारमा निर्भरताकम गर्ने, बाहिर गएकाकामदारको सुरक्षा सेवा र फर्किएर आएपछिसीप र पूँजीलाई कसरी उत्पादनशील क्षेत्रकालगाउने ,असलश्रम सम्बन्धको विषयमाछलफल गर्ने प्रयास भएको छ ।
त्यस्तै अर्का सहसचिवप्रदीपकुमार कोइरालाले उद्यमशीलताको विकासमार्फत उत्पादक र उत्पादकत्व कसरी बढाउने, सरकार मात्र रोजगारदाताहोइननीजि क्षेत्रको नेतृत्वमालगानीको वातावरणसिर्जना गर्ने र लगानीको वातावरणले रोजगारीको सिर्जना गर्छभन्ने छलफलको पहिलो विषय रहेको जानकारी दिए ।
साथै श्रमीकहरुको कल्याणको विषय, सुचनाप्रविधिहरुको प्रयोग गरी सबै श्रमीकहरुको डाटालिएर व्यवस्थितरुपमा राख्ने, वैदेशिक रोजगारमा निर्भरताकम गर्ने बाहिर गएकाकामदारको सुरक्षा,सेवा र फर्किएर आएपछिसीप रपूँजीलाई कसरी उत्पादनशील क्षेत्रकालगाउनेएवमअन्त्यमाअसलश्रम सम्बन्धको विषयमाछलफलभएको उनले बताए ।
उनले सम्मेलनको निचोड र उपलब्धीहरुबारे जानकारी दिँदै भने,‘अहिले नेपालबाट वैदेशिक रोजगारमा जानु स्वभाविकहो । हामीसंग रोजगारीको अवसर कम छ । लगानीको वातावरणसिर्जना गरौं, उत्पादनएवमउत्पादकत्वबढायौंभने मात्र वैदेशिक रोजगारको संख्याकमहुन्छ । सम्मेलनको निचोड नै आन्तरिक रोजगारले नै मुलुकलाई समृद्धिदिन्छ । आन्तरिक रोजगार प्रवद्र्धनकालागि सरकारसँगै निजी क्षेत्रलाई पनि सँगै सहकार्य गर्नुपर्छ । लगानीको वातावरणसिर्जना भएपछि वैदेशिक रोजगारको न्युनिकरणहुन्छ । सवै मिलेर नेपालमालगानीको वातावरणबनाऔं ।सम्मेलनमा सरकार नबोल्ने तर नीजिक्षेत्र र अन्य सरोकारवालाले बोल्ने नीतिलिएको छ । सरकारले सुन्ने भन्ने नीतिहो । आगामीदिनमानीतिगत सुधार गरी कार्यान्वयनमा जोड दिएको छ ।’
यसैगरी ,सुन चाँदीव्यवसायीमहासंघकाकार्यकारी अध्यक्ष महेन्द्ररत्नशाक्यले ढिलै भएपनिपाँचौ सम्मेलनमा सुनचाँदीव्यवसायीको उद्यमशीलता,उत्पादकत्व र यसको भविष्यनिर्धारणको लागि कुरा राख्नपाएकोमा खुसीव्यक्त गरे । औपचारिकरुपमामहासंघले आफ्नो विकासक्रम भेटाउननसकेको अवस्थामाढिलै भएपनि सरकारबाटपहलकदमीभएको ठानेको उनले बताए ।
‘ढिलै भएपनि सम्मेलनमा सुनचाँदीव्यवसायीको उद्यमशीलताउत्पादकत्व र यसको भविष्यनिर्धारणको लागि कुरा राख्नपायौ । कच्चाप्रदार्थमा कोटा सिस्टमले गर्दा अनौपचारिकबजार मौलाएको छ,जुनहाम्रो आदिवासीले सदियौंदेखि चलिआएको पेसा व्यवसायर्हासभएको अवस्था छ । यसलाई पूर्नजागरण गर्न कानूनी, प्रशासनिक र सरकारमा पनिलगातार आवाजउठाइरहेका छौ । २०६७ सालमालगाएको कोटाले बजार अनौपचारिक चलेको छ । औपचारिक हिसाबलेविकासक्रम भेटाउन सकेको छैन । ढिलै भएपनि सरकारबाटपहलकदमीभएको ठानेकाछौ । कोटासिस्टमले कच्चापदार्थ पाएका छैनौ । एकाधिकार बजार छ ।समग्रमा यो बजार धरासयीछ,’उनले भने
त्यसैगरी, राष्ट्रियव्यवसायिकप्रशिक्षणप्रतिष्ठानविकास समितिकाकार्यकारी निर्देशक रमेश कुमार बखतीले विभिन्न सरकारी र गैरसरकारी संस्थाहरुले तालिमप्रदान गरिरहेको भन्दै तालिम र जनशक्तिमा,सिपमाअन्तर देखिएकोबताए ।
त्यसलाई पूर्ण गर्न सम्मेलनमाविभिन्न रोजगारदाता संस्थाहरुबिच समझदारीपत्रमाभएको हस्ताक्षरले रोजगारदाताको आवश्यकताश्रम बजारको मागअनुसार दक्षजनशक्तिउत्पादन गरेर आन्तरिक रोजगार प्रवद्र्धन गर्ने कुरामाआफू विश्वस्त रहेको पनिबताए ।
सम्मेलनमा सहभागीलोकतान्त्रिकमहिला संघकी संयोजकमीनु ठाकुरले श्रम सम्मेलन एकदमै प्रभावकारी लागेको बताइन् । १० वर्षमा १० लाखयुवालाई रोजगार दिने कुराजनताको लागिएकदमैउपयोगीहुने उनीबताउँछिन् ।
उनले भनिन्,‘यस्ताकार्यक्रमभइरहनुपर्छ । १० वर्षमा १० लाखयुवालाई रोजगार दिने कुरा हाम्रो लागिएकमदै उपयोगीहो ।हाम्रो देशमा रोजगारी भएविदेशकिनजानु पर्दथ्यो र ?यहाँपनिथुप्रै अवसरहरु छन् । सरकारले केही गरे देशमा नै केहीगर्थौ । महिलाहरुको लागिपनिअवसर मिलोस् । महिलाहरुलाई विदेशको लागि रोक लगाइएको छ । त्यो नहोस्महिलाहरु पनि सक्षमछन् । देशभित्रपनि धेरै काम गर्न सक्छन् ।’
नेपालउद्योग वाणिज्यमहासंघको एसोसिएटतर्फकोउपाध्यक्षज्योत्स्नाश्रेष्ठले निजी क्षेत्रबाट हेर्दा सरकारले गरेको सम्मेलन सान्दर्भिक रहेको बताइन् । राजनीतिकअस्थिरताले एकदमै कठिनाइभोग्नुपरेकोभन्दै अस्थिरताबन्दभयो भने धेरै राम्रोहुने धारणा राखिन् ।
उनले भनिन्,‘सम्मेलन सान्दर्भिक छ । अहिले सीपकोखाँचो छ । राजनीतिकअस्थिरताले एकदमै कठिनाई भोग्नुपरेको छ । राजनीतिक परिवर्तनले नीतिनियमदेखि सबै परिवर्तन हुन्छ। चार÷चार महिनामाडिजीफेरिने, सचिव फेरिने यस्तो अस्थिरताबन्दभयो भने धेरै राम्रो हुन्छ । नीतिहरु कार्यान्वयनफितलो छ । त्यसैले स्थिर सरकार आजको आवश्यक्ताहो ।
दुई दिनसम्मचलेको सम्मेलनमाविभिन्ननीजि क्षेत्र र सरकारबिच रोजगारी सिर्जना गर्नेगरी विभिन्न सम्झौताहरु भएकाछन् ।
प्रतिक्रिया दिनुहोस्