२९ फाल्गुन २०८१, बिहीबार
मनोरन्जन मुख्‍य समाचार राजनीति विशेष समाचार समाचार समाज

बसन्तपुरमा विचित्रको होली :  ओली, बालेन र पूर्वराजाको चर्चा

काठमाडौं । होली पर्वमा काठमाडौंको बसन्तपुर निकै उल्लासपूर्ण देखिएको छ । बसन्तपुरमा स्वदेशी तथा विदेशीहरु होलीलाई उत्साहपूर्वक मनाएका छन् ।

काठमाडौं उपत्यकासहित पहाडी जिल्लामा आइतबार फागु पूर्णिमा (होली)पर्व रङ्ग खेलेर मनाइने भएकाले विशेषगरी बसन्तपुर क्षेत्रमा बढी भीडभाड देखिन्थ्यो ।

सेतो पहिरनमा सजिएका स्वदेशी तथा विदेशीहरुका कारण बसन्तपुर क्षेत्र खचाखच देखिन्थ्यो । रातो, निलो, हरियो, पहेँलोलगायत विभिन्न रङ्गमा रङ्गिएर होलीलाई उल्लासमय बनाइएको थियो ।

वसन्तऋतुको आगमनसँगै नेपाल घुम्न आएका विदेशी पर्यटकले फागु पूर्णिमाका अवसरमा यहाँ मनाइँदै आएको होली पर्वलाई हर्षोल्लासका साथ मनाएका हुन्। विगतका बर्षहरु भन्दा यस बर्षको होली बढी सभ्य देखिएको छ ।

तर बसन्तपुर क्षेत्रमा होली खेल्न आएका युवाहरु उश्रृंखल नारा पनि लगाउन भ्याएका थिए । उनीहरुले केपी ओली विरुद्ध र बालेन शाहको पक्षमा नारा लगाएका थिए । कतिपयले भने ‘राजा आउ, देश बचाउ’ भन्दै पूर्वराजा ज्ञानेन्द्र शाहका पक्षमा नारा लगाएका थिए ।

प्रतिक्रिया दिनुहोस्