३० फाल्गुन २०८१, शुक्रबार
कोशी मुख्‍य समाचार समाचार समाज

सुरक्षाकर्मीलाई डढेलो नियन्त्रणका सामग्री हस्तान्तरण

गाईघाट उदयपुर, १ चैत । डढेलो लाग्नसक्ने जोखिमलाई मध्यनजर गर्दै त्यसको पूर्वतयारीस्वरुप नेपाली सेना र प्रहरीलाई विभिन्न सामग्री हस्तान्तरण गरिएको छ ।

डिभिजन वन कार्यालय उदयपुर गाईघाटले पशुपति गण नेपाली सेना, ५ नम्बर सशस्त्र प्रहरी गण र जिल्ला प्रहरीलाई डढेलो नियन्त्रणमा प्रयोग हुने उपकरण हस्तान्तरण गरिएको कार्यालयका प्रमुख सञ्जीवराज ढकालले बताए ।

उदयपुरका प्रमुख जिल्ला अधिकारी हरिप्रसाद घिमिरेले फायर ¥याक, जम्प सुट, फायर साबेल, ब्याकवाटर पम्पलगायतका सामग्री हस्तान्तरण गरिएको बताउनुभयो । जिल्लामा प्रत्येक वर्ष वनक्षेत्रमा आगलागी हुने गरेको छ ।

जिल्लामा तीन सय ३७ भन्दाबढी सामुदायिक वन र बेलका नगरपालिकाको बेलकातरीमा राष्ट्रिय वन क्षेत्र छ । औसतमा प्रत्येक वर्ष ४० हेक्टरदेखि एक सय ६० हेक्टरसम्म वनमा डढेलो लाग्ने गरेको डिभिजन वन कार्यालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्