३० फाल्गुन २०८१, शुक्रबार
अर्थ मधेश मुख्‍य समाचार विचार समाचार समाज

महायज्ञबाट दुई करोड ७६ लाख सङ्कलन

मलङ्गवा सर्लाही, १ चैत । सर्लाहीको हरिवन नगरपालिकामा आयोजित महायज्ञमा रु दुुई करोड ७६ लाख सङ्कलन भएको छ ।

हरिवन नगरपालिका–९ दनुुवारीमा मानवसेवा आश्रमको भवन निर्माण गर्ने उद्देश्यले गत फागुन २२ गतेदेखि फागुन २९ गतेसम्म महायज्ञ आयोजना गरिएको हो ।

महायज्ञ मूल आयोजक समितिका संयोजक माधव थापाका अनुसार बिहीबार रु ४२ लाख सहयोग सङ्कलन भएको थियो ।

रकम अभावका कारण दनुुवारीमा भवन अधुरै छ भवन निर्माण सम्पन्न गर्न रु ११ करोड आवश्यक पर्ने संयोजक थापा बताउछन् । रकम जुटाउन आश्रमले यसअघि हरिवन–११ महायज्ञ आयोजना गरेको थियो ।

उक्त महायत्रबाट रु दुुई करोड ७६ लाख सङ्कलन भएको थियो । महायज्ञमा हरिवन नगरपालिकाले रु ५६ लाख सहयोग गरेको छ ।

जिल्लाका अन्य पालिका, वडाकार्यालय, सामाजिक सङ्घसंस्था तथा व्यक्तिगत रुपमा समेत सहयोग प्राप्त भएको संयोजक थापाले बताए ।

सर्लाहीमा आफ्नै भवन नहुँदा हरिवन–१ कैलाशपुरीमा ज्येष्ठ नागरिक भवनमा आश्रम सञ्चालन भइरहेको छ । उक्त आश्रममा हाल ६० जनालाई आश्रय दिइएको छ ।

प्रतिक्रिया दिनुहोस्