वनमन्त्री ठकुरीसँग बेलायतका लर्ड सदस्य काम्योजको भेटवार्ता

काठमाडौँ, १ चैत । वन तथा वातावरणमन्त्री ऐनबहादुर शाही ठाकुरीसँग संयुक्त अधिराज्य बेलायतका हाउस अफ लर्डका सदस्य लर्ड काम्योजले शिष्टाचार भेटवार्ता गरेका छन् ।
बेलायतको राजधानी लन्डनमा आज भएको भेटमा उनीहरुबीच द्विपक्षीय आपसी हितका विविध विषयमा छलफल भएको बेलायतस्थित नेपाली दूतावासले जनाएको छ ।
वनमन्त्री ठकुरी ‘जल सुरक्षा, जलवायु, प्रकृति र विकासको अन्तरसम्बन्धमा हुने मन्त्रिस्तरीय गोलमेच’ कार्यक्रममा सहभागी हुन बिहीबार त्यहाँ पुगेका हुन्।
भ्रमणका क्रममा मन्त्री ठकुरी बिहीबार साँझ बकिङ्घम दरबारमा राजा चाल्र्स तृतीयद्वारा आयोजित जल र जलवायु स्वागत समारोहमा सहभागी भएका थिए ।
प्रतिक्रिया दिनुहोस्