३० फाल्गुन २०८१, शुक्रबार
गण्डकी प्रदेस समाचार मुख्‍य समाचार राजनीति विशेष समाचार समाचार समाज

पीएन क्याम्पस पोखरामा क्रान्तिकारीले सार्वजनिक गर्यो प्रतिबद्धता पत्र

पोखरा । स्वतन्त्र विद्यार्थी युनियन (स्ववियू) निर्वाचनको पूर्वसन्धामा अखिल (क्रान्तिकारी) पृथ्बी नारायण क्याम्पस(पीएन)पोखराको निर्वाचनको उमेदवारहरुको परिचय कार्यक्रम सम्पन्न भएको छ । स्ववियूको निर्वाचन चैत ५ गते हुने भएको छ ।

उक्त कार्यक्रममा सभापतिका उम्मेदवार नविन अधिकारीले आफ्नो घोषणा पत्रमा रहेका प्रतिबद्धताहरू प्रस्तुत गरेका छन् ।

प्रतिबद्धताहरु निम्नानुसार छन् :

१) क्याम्पसमा भष्ट्र आचरण हुने दिने छैनौ,

२) क्याम्पसमा निःशुल्क परामर्श सेवा, मानसिक स्वास्थ्य सचेतना कार्यक्रम, र मनोवैज्ञानिक समर्थन उपलब्ध गराउने पहल गर्नेछौ,

३) समावेशी नीति, सम्पूर्ण विद्यार्थीका लागि समान अवसर, र सुरक्षित तथा प्रेरणादायी शैक्षिक वातावरण सुनिश्चित गर्ने,

४) क्याम्पस प्रशासन र विद्यार्थीहरूबीचको सञ्चारको माध्येम बनाउने छौ, जहाँ विद्यार्थीको आवाजलाई प्राथमिकताका साथ सम्बोधन गरिनेछ,

५) अधिक छात्रवृत्ति अवसर, कमजोर आर्थिक अवस्थाका विद्यार्थीहरूलाई सहुलियत, र पार्ट–टाइम कामका अवसर सृजना गर्ने छौ,

६) कम्पनीहरूसँग समन्वय गरी इन्टर्नशिप अवसर, कलेजभित्र करियर गाइडेंस कार्यक्रम, र प्राविधिक तालिमहरू संचालन गर्ने छौ,

७) विद्यार्थीहरूकै नेतृत्वमा नयाँ आइडियालाई समर्थन, जवप्रवर्तन र उद्यमशीलताको प्रवद्र्धन, र प्रोफेसनल स्किल्स विकासको अवसर प्रदान गर्नेछौ,

८) विद्यार्थीहरूले आफ्नो प्रतिभा, सीप र ज्ञानलाई आम्दानीमा बदल्न सक्ने वातावरण बनाउन क्याम्पसस्सारमा फ्रीलान्सिङ, स्टार्टअप इनक्युबेटर, र स्किल–आधारित तालिम उपलब्ध गराउने छौं,

९) डिजिटल प्रशासन प्रणाली, हस्तक्षेप बिना पारदर्शी सेवा, र अधिकार सुनिश्चित गर्ने छौ,

१०) विद्यार्थीहरूलाई व्यावहारिक र प्रविधिमैत्री शिक्षा प्रदान गर्ने,

११) खेलकुद, संगीत, साहित्य, नृत्य, कला जस्ता गतिविधिहरूको वृद्धि, र नियमित प्रतियोगिताहरु आयोजना गर्ने,

१२) साइबर सुरक्षा तालिम, अनलाइन सचेतना कार्यक्रम, र डिजिटल जिम्मेवारीबारे सचेतना अभिवृद्धि गर्ने छौ,

१३) प्रशासनमा डिजिटल प्रणाली लागू गर्ने, र छिटोछरितो सेवा सुनिश्चित गर्ने,

१४) शान्त, सफा, सुरक्षित र व्यवस्थित क्याम्पस वातावरण, र पठनपाठनलाई मुख्य प्राथमिकतामा राख्ने,

१४) लैङ्गिक समानता प्रवद्र्धन गर्ने नीतिहरू लागू गर्ने,

१५) विद्यार्थी प्रतिनिधिहरू क्याम्पस सुधार योजनामा सहभागी गराउने, र विद्यार्थिहरूका सुझावलाई सम्मान गर्ने छौं,

१६) ई – लाईवेरीको लागी पहल गर्ने छौ,

१७) भौतिक पुर्वाधार विषय अनुसार भवन र कक्षा कोठामा प्रोजेक्टरको ब्यवस्था गर्ने छौ,

१८) प्रशासनमा एकिकृत सेवा संचालन गर्न भुमिका खेल्ने छौ,

१५) सफा शौचालय बनाउने छौ,

२०) चमेना गृह क्यानटिन सुधार गर्दै ब्यवस्थित बनाउन लाग्ने छौ,

२१) क्याम्पस भित्र आवश्यकता अनुसार विक्षारोपरण गरि स्वच्छ सफा र हरियाली वातावरण बनाउने छौ,

२२) होस्टेलहरु सुरक्षित, ब्यस्थीत र सुविधायुक्त बनाउने छौ,

२३) पारदर्शी स्ववियु बनाउने छौ । भष्ट्र र अराजक गतिविधि हुन दिने छैनौ मर्यादित शैक्षिक वातावरण बनाउने छौ,

२४) २२२ रोपनी जग्गा क्याम्पस मातहत ल्याउने छौ

२५) क्याम्पसमा एमफिल प्रोग्राम थप्ने पहल गर्ने छौ,

२६) नपढाई तलव बुझ्ने प्रबृत्तिको अन्त्य गर्ने छौ, कर्मचारीहरुमा आलस प्रबृति देखिए हस्तक्षेपकारी खवरदारी गर्ने छौ,

२७) पिएन क्याम्पस बाट ट्रान्सक्रिप्ट लिने ब्यवस्था मिलाउने छौ,

२८) विभिन्न यातयात व्यवसायी संग मिलेर विद्यार्थीहरुलाई सहज र सर्वसुलभ यातयातको ब्यवस्था गर्ने छौ,

२९) शुसासनयुक्त स्ववियु हाम्रो चाहना हो ।

 

प्रतिक्रिया दिनुहोस्