२ चैत्र २०८१, आईतवार
बागमती मुख्‍य समाचार विशेष समाचार समाचार समाज

राप्रपा केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्दै

३ चैत्र, काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) केन्द्रीय कार्य सम्पादन समितिको बैठक आइतबार बस्दैछ ।

कार्य सम्पादन समितिको बैठक आज दिउँसो ३ बजे पार्टी केन्द्रीय कार्यालय धुम्बाराहीमा बस्न लागेको हो ।

आजको बैठकमा समसामयिक राजनीतिक परिस्थितिको समीक्षा हुनेछ । त्यस्तै आजको बैठकमा आन्दोलनको तयारी र भावी रणनीतिका विविध विषयमा समेत छलफल हुनेछ ।

प्रतिक्रिया दिनुहोस्