रातो कागज
१७ घण्टा अघि

काठमाडौं । बानेश्वर बहुमुखी क्याम्पसमा अनेरास्ववियु (क्रान्तिकारी)को तर्फबाट स्ववियु सभापतिमा भूमिराज अधिकारी विजयी भएका छन् ।
मंगलबार सम्पन्न मतदानमा मतदानमा १७५ मतसहित अखिल क्रान्तिकारीका अधिकारी सभापतिमा विजयी भएका हुन् । उनका निकटतम प्रतिस्पर्धी नेवि संघका निराजन कार्कीले १४९ मत पाए । उनी प्यानलैसहित विजयी भएका हुन् ।
स्ववियु सचिवमा अखिल क्रान्तिकारीकै रविन रिजाल १८३ मतसहित विजयी हुँदा कोषाध्यक्षमा पनि अखिलकै संगीता भट्टराई १८१ मतले निर्वाचित भएकी छन् ।
यसैगरी सदस्यसहरुमा थानेश्वर प्रसाद पाण्डे २०६, सुजन वाइवा १६०, विवेक ठकुल्ला १५९, आयुष सिंह १८२, रोहन सिंह १६७ र सन्जीज भुजेल १५३ विजयी भए भने अनेरास्ववियुका एकजना सदस्य लवदेव भट्ट विजयी भएका छन
फेसबुकबाट तपाईको प्रतिक्रिया