रातो कागज

मुगु । जुम्ला बहुमुखी क्याम्पसको स्ववियु सभापतिमा एमाले निकट विद्यार्थी संगठन अनेरास्ववियुका लोकेन्द्र बुढा निर्वाचन बाट विजयी भएका छन् ।
संगलबार गते सम्पन्न निर्वाचनबाट एक सय १४ मत प्राप्त गरी बुढा सभापतिमा निर्वाचित भएका हुन् ।
बुढाका निकटम प्रतिदोन्दी अखिल (क्रान्तिकारी) का जयकृष्ण जैसीलाई नौ मतान्तरले पराजित गर्दै बुढा निर्वाचित भएका हुन् ।
निर्वाचित बुढाले १ सय १४ मत प्राप्त गर्दा प्रतिष्प्रर्धी जैसीले एक सय नौ मत प्राप्त
गरेका छन् । जसमा नेविसंघका खेमराज आर्चायले ८८ मत प्राप्त गरेका छन् ।
कूल मतदाता संख्या तीन सय ३४ रहेकोमा तीन सय १८ मत खसेको थियो । त्यसैगरी सचिवमा नेविसंघका दत्तराज रावत विजयी भएका छन् । उनले ९४ मत प्राप्त गरे । सचिवका प्रतिस्प्रर्धी अनेरास्ववियूका नवराज भण्डारीले ८६ मत प्राप्त गरेका छन् । कोषाध्यक्षमा अनेरास्ववियूकै बीन बहादुर रावत विजयी भएका छन् ।
रावतले एक सय सात मत प्राप्त गरी निर्वाचित हुँदा नेविसंघका सरला उपाध्यायले ९८ मत प्राप्त गरेकी छन् ।
यस्तै सदस्यमा नेविसंका प्रविण बुढ्थापा (१४६), अनेरास्ववीयूका सुर्जा रावल (११९), नेविसंका राष्टु थापा (१०३), अखिल (क्रान्तिकारी)का टोपबहादुर बोहोरा (१०३) र अनेरास्ववियूका हिमाली धिताल (९७) मत प्राप्त गरी विजयी भएको निर्वाचिन अधिकृत पदमबहादुर शाहीले बताए ।
फेसबुकबाट तपाईको प्रतिक्रिया