प्राथमिकताको आधारमा योजनाका बजेट छनोट गर्नुपर्छ : मन्त्री सिंह

रातो कागज
१२ घण्टा अघि

काठमाडौं । उप–प्रधान तथा शहरी विकास मन्त्री प्रकाशमान सिंहले योजना छनोट गर्दा प्राथमिकताको आधारमा बढि फाइदा हुने खालका योजनाका बजेट छनोट गर्नुपर्ने बताएका छन् ।

बुधबार बिहान सिंहदरबारमा बसेको सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठकमा बोल्दै मन्त्री सिंहले योजना सम्पन्न गर्न धेरै रकम चाहिने तर सिमित स्रोत साधनले काम गर्दा ढिलो हुने भन्दै योजना छनोट गर्नुपर्ने बताएका हुन् ।

उनले भने, ‘नेपालकोे अर्थतन्त्रको अवस्थाको कारण हामी व्यवहारीक हुनुपर्छ । योजना छनोट गर्दा प्राथमिकताको आधारमा बढि भन्दा बढि फाइदा हुनेखालको योजनामा बजेट राख्दा राम्रो हुन्छ । योजना सम्पन्न गर्न धेरै रकमहरु चाइएको हुन्छ, तर हामीलाई उपलव्ध भएको स्रोत र साधन जति छ त्यही अनुसार काम गर्दा छिटो हुने काम ढिलो हुन्छ ।’

उनले उपत्यकाको नदिहरुको व्यवस्थाको लागि सरकारले अरबौ लगानी गर्दा पनि प्रतिफल नआएको बताए ।

‘उपत्यकाको नदिहरुको अवस्था एकदमै नाजुक छ । त्यसलाई सुधार्न धेरै कामहरु गर्नुपर्ने छ । ढलहरु नदिमा खन्याउने गरेको छ त्यसलाई रोक्न के गर्नुपर्छ भन्ने कुरा भनेर मैले सरकारलाई प्रश्न पनि गरे सरकारले यत्रो अरबौ रुपैयाँ लगानी गरिसक्यो अवस्था त्यही छ के गर्नुभएको हो । इन्जिनियरहरुले चै डिजाइन गरेको असफल भएको हो की इन्जिनियरहरु विदेशी विश्वविद्यालयबाट डिग्री लिएर आएका छन् । तर डिजाइनमा चै समस्या भएको कारणले यस्तो अवस्था भइरहेको छ यसलाई सच्याउन तर्फ हामी गइरहेका छौ । नदी सफा राख्नलाई बढि जोड दिइरहेका छौ,’ उनले भने ।

यस्तै, छलफलमा शहरी विकास महाशाखाका सहसचिव पद्मकुमार मैनालीले आफ्नो कार्ययोजना प्रस्तुत गरेका थिए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया