रातो कागज
२० घण्टा अघि

काठमाडौं । ‘नो केबलकार समूह’ ले ताप्लेजुङको पाथीभरा क्षेत्रमा केवलकार निर्माणको विरुद्धमा सडकमा सुतेर विरोध जनाइ रहेका छन् ।
बुधबार काठमाडौंमो माइतीघरको सडकमा सुतेर उनीहरुले विरोध जनाएका हुन् ।
गृह मन्त्रालयले ‘नो केबलकार समूह’लाई वार्तामा बोलाए पनि मागहरु सम्बोधन नभएपछि उनीहरु अझै विरोधमा रहेका हुन् ।
सांस्कृतिक सम्पदा मास्ने विकास विनाश भएको भन्दै लामो समयदेखि ‘नो केबलकार समूह’ यसको विरुद्धमा आन्दोलनहरु गर्दै आईरहेको छ ।
फेसबुकबाट तपाईको प्रतिक्रिया