रातो कागज

डडेलधुरा । परशुराम नगरपालिकामा उत्तर प्रसूति घरभेट सम्बन्धी एकदिने समिक्षा कार्यक्रम सम्पन्न भएको छ। स्वास्थ्य संस्थाबाट दक्ष स्वास्थ्यकर्मीहरू घरघरमा गएर सुत्केरी अवस्थामा आमा तथा नवजात शिशुलाई स्वास्थ्य सम्बन्धी जाँच तथा परामर्श सेवा दिने महत्त्वपूर्ण कार्यक्रम सञ्चालन भइरहेको नगरपालिका स्वास्थ शाखाले जनाएको छ ।
नगरपालिकाका स्वास्थ्य चौकी, आधारभूत स्वास्थ्य केन्द्र र शहरी स्वास्थ्य सेवा केन्द्रमा रहेका प्रमुख र अनमीहरुको सहभागितामा उक्त गोष्ठी सम्पन्न गरिएको हो। मंगलवार नगरपालिकाले उत्तर प्रसूति स्याहार कार्यक्रमको समीक्षा गर्दै यो कार्यक्रमलाई अझै प्रभावकारी रुपमा सञ्चालन गर्ने सन्दर्भमा छलफल गरेको छ।
शतप्रतिशत लक्ष्य प्राप्तिका लागि सबैको अग्रसरता आवश्यक रहेको भन्दै कार्यक्रममा सहभागीहरूले आमा र बच्चाको स्वास्थ्य अवस्थामा थप टेवा पुर्याउन प्रसूति पछिको स्याहारको भेट कार्यक्रमलाई परिणाममुखी बनाउनु पर्नेमा जोड दिएका थिए।
नवजात शिशुको मातृमृत्युदर कम गर्नको लागि लागि होम भिजिट कार्यक्रमलाई कसरी प्रभावकारी सकिन्छ भनेर उक्त कार्यक्रमको आयोजना गरिएको स्वास्थ्य सयोजक हिक्मतबहादुर धामीले जानकारी दिए। नगरपालिकामा स्वास्थ्य सस्थाबाट घरघरमा गएर नर्सिङ कर्मचारीहरूले प्रसूति र प्रसूति भइसकेपछि पनि नवजात शिशु र आमाको स्वास्थ्य अवस्था बुझ्नको लागि घरघरमा भेटघाटको लागि नर्सिङ कर्मचारीहरुले प्रत्यक्ष निगरानी राख्नुपर्ने उनले बताए।
सुत्केरी अवस्थामा आमा तथा नवजात शिशुको स्वास्थ्य जाँच गरी जटिलताका अवस्थाहरू समयमै पहिचान, व्यवस्थापन तथा प्रेषण गरी मातृ तथा नवजात शिशु मृत्यु कम गर्ने उद्देश्य अनुरुप काम गर्न सबैलाई प्रमुख प्रशासकीय अधिकृत कल्पना भट्टले अनुरोध गरिन्।
कार्यक्रममा नगर उपप्रमुख विमला महताले आफूले जनताका बीचमा गएर सहज सुलभ तरिकाले स्वास्थ्य सेवा उपलब्ध गराउने र त्यसको लागि आफूलगायत सिङ्गो पालिकाको टिमबाट नै प्रतिबद्धता जनाइन्। कार्यक्रममा वडाध्यक्ष, कार्यपालिका सदस्यलगायत सरोकारवालाहरूको सहभागिता रहेको थियो।
फेसबुकबाट तपाईको प्रतिक्रिया