Rato Kagaj पल पलको खबर
Rato Kagaj पल पलको खबर

विश्व पानी दिवसको अवसरमा सिद्धार्थ बैंकको “वाक फोर वाटर, वाक फोर लाईफ”

रातो कागज
1 हप्ता अघि

चैत ९, काठमाडौं । विश्व पानी दिवसको अवसरमा सिद्धार्थ बैंकले ‘वाक फोर वाटर, वाक फोर लाईफ’ प्रभातफेरीको आयोजना गरेको छ । सिद्धार्थ बैंकले विश्वपानी दिवसको अवसरमा पहिलो पटक आयोजना गरेको यो कार्यक्रम आयोजना गरेको हो ।

बैंकले आयोजना गरेको ५ किलोमिटर लामो प्रभातफेरी कार्यक्रम नक्साल नारायणचौरबाट हात्तीसार, पुतलीसडक, बागबजार, रत्नपार्क, जमल, दरबारमार्ग, गैरिधारा हुँदै पुनः नक्सालमा पुगेर सम्पन्न भएको थियो ।
सिद्धार्थ बैंकका प्रमुख कार्यकारी अधिकृत सुन्दर प्रसाद कडेलले नेपालजस्तो हिमाली मुलुकमा हिमनदीहरु पग्लिनु गम्भीर समस्या भएको बताए । उनले यसको संरक्षणलाई राष्ट्रिय अन्तर्राष्ट्रिय मुद्दाका रुपमा अघि बढाउनु पर्नेमा जोड दिए ।

उनले पृथ्वीको तापमान बृद्धिसँगै हिमनदीहरु पग्लिँदा पानीको प्राकृतिक चक्र नै प्रभावित भई विभिन्न संकट उत्पन्न भइरहेको समेत बताए ।
संयुक्त राष्ट्र संघले सन् १९९३ देखि हरेक वर्ष २२ मार्चमा विश्व पानी दिवस मानउँदै आएको छ ।

बैंकले आफ्नो दिगो बैंकिङ्ग उद्देश्यलाई थप सार्थक बनाउन र जनमानसमा पानीको महत्वको बारे जनचेतना फैलाउनका लागि “वाक फोर वाटर, वाक फोर लाईफ” कार्यक्रमको आयोजना गरेको हो ।

पानीको दिगो व्यवस्थापन नगरे, भविष्यमा स्वच्छ पानीको अभाव गम्भीर समस्या बन्न सक्छ भन्ने सन्देश फैलाउनका निम्ति सिद्धार्थ बैंकले वाकाथन कार्यक्रमको आयोजना गरेको हो ।

फेसबुकबाट तपाईको प्रतिक्रिया