Rato Kagaj पल पलको खबर
Rato Kagaj पल पलको खबर

महाअभियोग लागेका कोरियाका कार्यवाहक राष्ट्रपतिको पुनर्बहाली, दिए सबैलाई धन्यवाद

रातो कागज
7 दिन अघि

एजेन्सी । दक्षिण कोरियाको संवैधानिक अदालतले सोमबार निलम्बित प्रधानमन्त्री हान डक–सु को महाअभियोग खारेज गरेको छ । महाभियोग लगाउन संसदले दर्ता गरेको प्रस्तावलाई अस्वीकार गरिएको हो ।

महाअभियोग खारेज लगत्तै हानलाई प्रधानमन्त्री र कार्यवाहक राष्ट्रपतिको रूपमा पुनस्र्थापित गरिएको छ ।
तत्कालीन राष्ट्रपति युन सुक योललाई महाअभियोग लागेपछि प्रधानमन्त्री हान कार्यबाहक राष्ट्रपति बनेका थिए । उनलाई पनि महाअभियोग लागेपछि निलम्बित भएका थिए ।

अदालतका कार्यवाहक प्रमुख मुन ह्युङबेले पाँच न्यायाधीशले यसलाई अस्वीकार गरेपछि र बाँकी दुई न्यायाधीशको खारेजीको रायको बीचमा एक जनाले यसलाई समर्थन गरेपछि प्रस्ताव खारेज भएको बताए ।

नौ सदस्यीय इजलासमा हाल आठ न्यायाधीश छन् किनकि एक जनालाई देशको कार्यवाहक राष्ट्रपतिले नियुक्त गर्न बाँकी छ।

डिसेम्बर २७ मा संसदमा निर्वाचनमार्फत् हानविरुद्ध महाभियोग लगाइएको थियो । त्यसपछि उनी निलम्बित भएका थिए । अदालतले पदमा पुनर्बहाली गरेपछि हानले धन्यवाद ज्ञापन गर्दै आफू निलम्बनमा रहँदा मन्त्रीहरूले कडा मेहनतका साथ काम गरेको भन्दै तारिफ गरे ।

फेसबुकबाट तपाईको प्रतिक्रिया