Rato Kagaj पल पलको खबर
Rato Kagaj पल पलको खबर

प्रधानमन्त्रीको गुनासो : विरोधीहरू सुखी नेपाली समृद्ध नेपाल अभियान सफल हुन नदिन लागिपरे

रातो कागज
3 दिन अघि

१२ चैत, काठमाडौं । प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले विपक्षीहरू सरकारले अगाडि बढाइरहेको सुखी नेपाली समृद्ध नेपालको अभियान सफल बन्न नदिन लागिपरेको आरोप लगाएका छन् ।

मंगलबार प्रोग्रेसिभ इन्जिनियर्स एसोसिएसनको १०औं महाधिवेशनलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले सरकार सुखी नेपाली समृद्ध नेपाल अभियान सफल बनाउन लागिपरेको तर विरोधीहरू यसलाई सफल बनाउन नदिन लागिरहेको आरोप लगाएका हुन् ।

विरोधीहरू लाग्छन् यद्यपि वैधानिक, संवैधानिक प्रतिपक्षको भूमिका वैज्ञानिक र यथार्थपरक हुनुपर्ने हो । तर त्यस्तो भइरहेको छैन, त्यस्तो भइरहेको देखिंदैन ।

‘कसरी सरकार वा आफू बाहेक अरुलाई बदनाम गर्न सकिन्छ, कसरी सत्यलाई ढाक्न सकिन्छ, झूटलाई फैल्याउन सकिन्छ, यस्ता कुराहरूमा उहाँहरू बहुतै सक्रिय देखिनुहुन्छ,’ उनले भने ।

विपक्षीहरूले अनावश्यक कुरा ल्याएर सरकारको ध्यान विकेन्द्रित गर्ने प्रयास गरे पनि सरकार त्यसका लागि तयार नभएको प्रधानमन्त्री ओलीले बताए । ‘देश विकास लागि सरकारले लिएका नीति र कार्यक्रमहरू कसरी छिटो कार्यान्वयन गर्ने भन्नेमा हाम्रो ध्यान रहेको छ,’ उनले भने ।

२०४६ सालको परिवर्तनपछि देश तीव्र विकासको क्रममा रहेको उनले बताए । ‘पछिल्लो समय सबै साथीहरूले यो कुरा अनुभव गरिरहेको कुरा हो भन्ने म ठान्छु,’ उनले भने ।

फेसबुकबाट तपाईको प्रतिक्रिया