Rato Kagaj पल पलको खबर

कुलमानलाई हटाउने निर्णय तत्काल फिर्ता लिन माओवादीको माग

रासस
8 घण्टा अघि

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का उपाध्यक्ष एवम् प्रवक्ता अग्नि प्रसाद सापकोटाले नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई हटाउने निर्णय तत्काल फिर्ता लिन माग गरेका छन् ।

मंगलबार प्रेस विज्ञप्ति जारी गर्दै उनले सरकारको निर्णय बदनियतपूर्ण र आपत्तिजनक रहेको बताएका हुन् ।
प्रेस विज्ञप्तिमा लेखिएको छ, ‘कार्यकारी निर्देशक कुलमान घिसिङलाई हटाउने सरकारको निर्णय बदनियतपूर्ण र आपत्तिजनक छ । बिचौलिया र दलालहरूको स्वार्थमा गरिएको यो निर्णय कुशासनको पछिल्लो दृष्टान्त हो,’ विज्ञप्तिमा थप भनिएको छ, ‘यस प्रकारको अन्यायपूर्ण र अपमानजनक निर्णय तत्काल फिर्ता लिन हाम्रो पार्टी जोडदार माग गर्दछ ।’

प्रवक्ता सापकोटाले बेपत्ता पारिएका व्यक्तिको छानबिन र सत्य निरुपण तथा मेलमिलाप सम्बन्धी आयोग गठन गर्ने सहमतिसँग जोडेर पार्टी अध्यक्षप्रति गरिएको दुष्प्रचारलाई पार्टीले खारेज गर्ने पनि बताए ।

उनले विज्ञप्तिमार्फत आमनागरिकमा भ्रम श्रृजना गर्ने दुष्प्रचार तत्काल बन्द गर्न चेतावनी समेत दिए । उनले यसैमार्फत नागरिकमा भ्रमित नहुन समेत अनुरोध गरे ।

फेसबुकबाट तपाईको प्रतिक्रिया