रातो कागज

१२ चैत, काठमाडौँ । नेपाली कांग्रेसका पूर्वमहामन्त्री डा.शशांक कोइराला र नेत डा. शेखर कोइरालाले एकै मन्चबाट स्वर्गीय गिरिजाप्रसाद कोइरालाको योगदानका बारेमा चर्चा गरेका छन् ।
मंगलबार काठमाडौँमा आयोजित सुजाता कोइरालाद्वारा लिखित ‘म र सानोबुबा’ शीर्षकको आत्मकथा विमोचन कार्यक्रममा कोइरालाद्वयले गिरिजाप्रसादसँगको संगत र उनको राजनीतिक योगदानबारे चर्चा गरेका हुन् ।
कार्यक्रममा डा.शशांकाले गिरिजाप्रसादले पहिला प्लेन हाइज्याक गरेपछि मात्रै बिपीलाई जानकारी दिएको सुनाए । गिरिजाप्रसाद कोइरालाले आफ्नो बुबा विश्वेश्वरप्रसाद (बिपी)कोइरालालाई थाहै नदिई ‘प्लेन हाइज्याक’ गरेको प्रसंग सुनाएका हुन् ।
सोही क्रममा डा.शेखरले गिरिजाप्रसाद कोइराला(सानुबुबा)सँग केटाकेटीहरु अत्यन्तै रमाउने गरेको सुनाए । उनले सानुबुबा पाँचछ दिनसम्म रिसाएका कार्यकर्ताको घरमा बसिदिने, देशभरी सोही किसिमको गतिविधि गर्ने गरेको बताए । उनले नेपाली राजनीतिमा गिरिजाबाबुको योगदानको छाप युगौंसम्म रहने बताए ।
‘भुटानको पिपुल्स पार्टी पनि गिरिजाप्रसादको देन हो । उहाँ बीपीसँग चित्त दुखाएर मनहरी दाईलाई लिएर भुटान जानुभयो र संगठन निर्माण गर्न थाल्नुभएको हो । उहाँको संगठनप्रति भुटान पनि प्रभावित छ,’उनले भने,‘उहाँ कुनै समय एन्टी कम्युनिष्ट भएर आउँनु भएको थियो । तर ०४७ सालको सरकारमा आएपछि चेन्ज हुनुभएको थियो । र अहिले जुन परिवर्तन भएको छ वा उदारिकरण भएको छ त्यसको मुल व्यक्ति गिरिजाप्रसाद हो । माओवादी आन्दोलनको उतारचढावका क्रममा उहाँ कन्चनपुर जाँदा एयरपोर्टमा एकजना साथीको हत्या भएको घट्ना थाहा पाएपछि उहाँमा परिवर्तन आएको हो । सबै राजनीतिक दललाई एक ठाउँमा ल्याउने प्रयास गर्नुभएको थियो । कांग्रेसको दुई टीमलाई पनि मिलाउनु भयो र शान्ति प्रक्रियासम्म पुग्नुभयो ।’
फेसबुकबाट तपाईको प्रतिक्रिया