Rato Kagaj पल पलको खबर

मधेश प्रदेश सरकारद्वारा छोरी शिक्षा बीमा कार्यक्रमका लागि प्रस्ताव पत्र आह्वान

रातो कागज
9 घण्टा अघि

जनकपुर । मधेश प्रदेश सरकारले ‘मुख्यमन्त्री बेटी पढाऊ, बेटी बचाऊ’ अभियानअन्तर्गत छोरी शिक्षा बीमा कार्यक्रमका लागि वाणिज्य बैंक र बीमा कम्पनीहरूलाई शिलबन्दी प्रस्ताव पत्र पेश गर्न आह्वान गरेको छ ।

शिक्षा विकास निर्देशनालय जनकपुरधामद्वारा जारी सूचनाअनुसार २०७८ माघ १ पछि जन्मिएका र १ वर्षभित्र बीमा कार्यक्रमका लागि प्रक्रिया पूरा गरेका छोरीहरूलाई २० वर्ष पुगिसकेपछि एकमुष्ट ३ लाख रुपैयाँ भुक्तानी गरिने व्यवस्था रहेको छ ।

 

यसका लागि बीमा कम्पनी वा ’क’ वर्गका वाणिज्य बैंकहरूले १५ दिनभित्र प्रिमियम दर तथा अन्य शर्तहरूसहितको प्रस्ताव पेश गर्नुपर्नेछ । उक्त प्रस्तावको आधारमा न्यूनतम प्रिमियम र थप सुविधाहरू उपलब्ध गराउने सेवाप्रदायकलाई छनोट गरिने निर्देशनालयले जनाएको छ ।

स्वीकृत प्रस्ताव अनुसार छोरीको नाममा एकमुष्ट रकम बैंकमा जम्मा गरिनेछ । बैंकले छोरीको २० वर्ष पूरा भएपछि एकमुष्ट ३ लाख रुपैयाँ भुक्तानी गर्नुपर्नेछ । प्रस्ताव स्वीकृत भएपछि पहिलो सम्झौता दुई वर्षको लागि हुनेछ । सम्झौतासँगै सेवा निरन्तरता दिन बैंक वा बीमा कम्पनीले चाहेको खण्डमा पुनः सम्झौता नवीकरण हुनेछ । सम्झौता भंग गर्ने अधिकार भने नरहने बताइएको छ ।

निर्देशनालयले छोरीको विवरण एकीन गरी पठाएपछि छोरीको नाममा खाता खोली रकम जम्मा गरिनेछ । सोको निस्सा अभिभावकलाई उपलब्ध गराइनेछ । त्यसपछि न्यूनतम प्रिमियम रकम र थप सुविधा प्रस्ताव गर्ने सेवाप्रदायकलाई छनोट गरिनेछ ।

मधेश प्रदेश सरकारले यस कार्यक्रमलाई आफ्नो गौरवको योजना मानेको छ । ‘मुख्यमन्त्री बेटी पढाऊ, बेटी बचाऊ’ अभियानअन्तर्गत छोरी शिक्षा बीमा कार्यक्रमले छोरीहरूको भविष्यलाई सुरक्षित राख्दै शिक्षा प्राप्तिमा सहयोग पुर्याउने उद्देश्य राखेको छ ।

बीमा कार्यक्रममा सहभागी छोरीहरूलाई २० वर्षको उमेरमा प्रदान गरिने एकमुष्ट भुक्तानीले उनीहरूको शिक्षा, स्वास्थ्य र अन्य आवश्यकताहरूमा महत्त्वपूर्ण सहयोग पुग्ने विश्वास प्रदेश सरकार

फेसबुकबाट तपाईको प्रतिक्रिया