Rato Kagaj पल पलको खबर
Rato Kagaj पल पलको खबर

रामपुरमा आगलागी, पाँच घर–गोठ जले

रातो कागज
5 दिन अघि

रामेछाप । रामेछापको रामेछाप नगरपालिका– ५ रामपुरमा आगलागी हुँदा पाँचवटा घर–गोठ जलेका छन् ।

बस्ती नजिकै जंगलमा लगाइएको आगो रामपुरको ठिङग्रे, चुकिया र स्वाङग्रा गाउँमा पसेपछि आगलागी भएको हो । आगलागीबाट दुईवटा घर र तीनवटा गोठ जलेका वडाध्यक्ष हरिश्चन्द्र श्रेष्ठले जानकारी दिए ।

मंगलबारबाट लागेको आगो बस्तीमा पसेको थियो । आगलागीबाट मानवीय क्षति नभए पनि पाँचवटा खसी–बाख्रा, घरभित्र रहेको अन्नपात, लत्ताकपडा, भाँडावर्तन तथा नगद धनमाल जलेर नष्ट भएको छ ।

आगो नियन्त्रणमा आउन नसक्दा अझै केही घर आगलागीको उच्च जोखिममा छन् । आगो नियन्त्रणको प्रयास भइरहेको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया