रासस
3 दिन अघि

काठमाडौँ, १३ चैतः पन्ध्र मिनेटका लागि स्थगन भएको राष्ट्रियसभाको बैठकको समय परिवर्तन भएको छ ।
संसद् सचिवालयले सूचना जारी गरी राष्ट्रियसभाको बैठक आजै ३ः४५ मा बस्ने जनाएको हो ।
दिउँसो १ः१५ मा सुरु भएको राष्ट्रियसभाको बैठक प्रतिपक्ष दलका सांसदहरुको अवरोधका कारण १५ मिनेटका लागि स्थगन गरिएको थियो ।
१५ मिनेटपछि बस्ने गरी स्थगित गरिएको राष्ट्रियसभाको बैठक विशेष कारणवश तोकिएको समयमा बस्न नसक्ने भएकाले राष्ट्रियसभा नियमावली, २०७५ को नियम ६ को उपनियम ३ बमोजिम आजै अपराह्न ३ः४५ बजे बस्ने गरी निर्धारण गरिएको राष्ट्रियसभाद्वारा प्रकाशित सूचनामा जनाइएको छ ।
प्रमुख प्रतिपक्ष दल नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्र लगायतका पक्षपक्ष दलका सांसदहरुले सरकारले नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई बर्खास्त गरेकोप्रति बैठकको सुरुमै उठेर विरोध जनाएका थिए ।
फेसबुकबाट तपाईको प्रतिक्रिया