Rato Kagaj पल पलको खबर
Rato Kagaj पल पलको खबर

प्रधानमन्त्रीले चित्त बुझ्दो जवाफ नदिएसम्म सदनको संघर्ष जारी रहन्छ

रातो कागज
3 दिन अघि

काठमाडौं । समाजवादी मोर्चाले कुलमानको विषय लगायत अध्यादेश र सुशासन सबैलाई लिएर प्रधानमन्त्रीले चित्त बुझ्दो जवाफ नदिएसम्म सदन अवरुद्ध हुने धारणा व्यक्त गरेको छ ।

 

 

बुधबार बसेको मोर्चाको बैठकपश्चात सञ्चारकर्मीहरुसँग बोल्दै नेकपाका प्रवक्ता खड्गबहादुर विश्वकर्माले समाजवादी मोर्चामा रहेका पार्टीहरुले कुलमान लगायत अध्यादेश र सुशासन सबै विषयलाई लिएर प्रधानमन्त्रीले आफैले चित्त बुझ्दो जवाफ नदिएसम्म सदनको संघर्ष जारी रहने बताए ।

उनले भने,‘आज सदनमा संघर्ष त चल्यो, सदन अवरुद्ध भएको छ । समाजवादी मोर्चामा रहेका पार्टीहरुले कुलमान लगायत अध्यादेशको र सुशासन सबै विषयलाई लिएर प्रधानमन्त्रीले आफैले चित्त बुझ्दो जवाफ नदिएसम्म सदनको संघर्ष जारी रहने छ र राखिने छ भन्ने जानकारी दिनु भएको छ ।’

यसको साथै, उनले जनताको धेरै ठूलो त्याग र बलिदानबाट नेपालमा गणतन्त्र स्थापना भएको भन्दै यसको विरुद्धमा गरिएको षड्यन्त्र विरुद्ध चैत्र १५ गतेको आन्दोलन गर्न लागेको बताए ।

 

 

फेसबुकबाट तपाईको प्रतिक्रिया